बुधबार , बैसाख १२, २०८१

काठमाडौं, १७ असार ।

 

जनता समाजवादी पार्टीका नेता युवराज कार्कीले बाबुराम भट्राईको राजनीति सकिएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कार्कीले भने, “तीन वर्षअघि बडो उत्साहसाथ पार्टी एकता गरेका हौं । त्यसको वार्ता टोलीमा म पनि थिएँ ।

 

एक वर्ष लामो वार्ता चल्यो । त्यसलाई उपलब्धिका रुपमा पनि हेरियो । सैद्धान्तिक असहमति केही नभए पनि उपेन्द्रको कार्यशैलीलाई बाबुरामलाई चित्त बुझेन, बाबुरामको कार्यशैली उपेन्द्रलाई मन परेन ।

 

अहिले पार्टी फुटाउने कानुन नभएकाले बाबुरामको विकल्प अलग पार्टी खोल्ने हो । नेकपा मालेका महासचिव सीपी मैनालीको जस्तै बाबुरामजीको राजनीति करिब करिब सकियो ।”

 

बाबुरामको पक्षमा मुस्किलले ५ सांसद पनि नरहने उनले दाबी गरे । कार्कीले थपे, “पूर्वनयाँ शक्तिका धेरैजसो साथी बाबुरामजीसँग जानुहुन्छ, बाँकी हामी जसपामै रहन्छौं । जसपाका २२ जनामध्ये २ जना सांसद निलम्बित छन् ।

 

बाबुरामजी, राजकिशोर यादव, महिन्द्र राय यादव, अमृता अग्रहरि जानुहुन्छ होला । राजकिशोर हामीसँगै बस्ने सम्भावना पनि छ । बाबुरामजीको जनाधार खस्केकाले पार्टीलार्ए खासै घाटा हुँदैन । त्यस्तो निर्णायक असर हुन्न ।”

 

बाबुराम र उपेन्द्र सौहार्द रुपमै छुट्टिने पनि उनले औंल्याए । कार्कीले थपे, “मलाई लाग्छ, नेपाली पार्टी फुट्ने र जुट्ने कार्यकर्ताभन्दा पनि नेताहरुका कारण हुन्छ । चाहे एकता हुन्छ, नचाहे फुट्छ ।

 

तर केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र बाबुरामजीबीच छुट्टिँदा पनि सौहार्दपूर्वक छुट्टिने सौहार्द समझदारी भएको छ । एकअर्काको चरित्रहत्या, गालीगलौज,

 

दुष्प्रचार, हिलो छ्यापाछ्याप नगर्ने, जननिर्वाचित प्रतिनिधिलाई कारबाही नगर्ने समझदारी भएको छ । यो राम्रो कुरा हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय