शनिबार , बैसाख ८, २०८१

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ९ गोखुंगाका ३१ वर्षिय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका १ हललाईनमा बस्दै आएका पुनलाई केबुलको तार बनाउँने क्रममा बेलुका सवा ५ बजे करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

करेन्ट लागेर जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । उनी मालारानी गाउँपालिका वडा नं. ९ गोखंगाका वडा अध्यक्ष फनबहादुर पुनका छोरा हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय