शुक्रबार , बैसाख ७, २०८१

लामो समयदेखि विवाद देखिएको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने पक्का भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको छ ।

 

सोमबार राति बसेको कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको हो । जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।

 

उनलाई पार्टीबाट नै निष्कासन गर्ने या निलम्बन गर्ने भन्ने बारे केहि खुलाइएको छैन । बाबुराम भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए ।

 

यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाबी गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।

 

यससँगै जसपा फेरि विभाजन हुने पक्का भएको छ । बाबुराम पक्षले यादव समझदारीमा नआएको खण्डमा नयाँ पार्टी दर्ता गरेर भएपनि अगाडी बढ्ने तयारी गरेका छन् ।

 

प्रचण्ड र बाबुराम होलान त ‘एकैठाम्’ ?

 

तत्कालीन एकीकृत माओवादीबाट बाबुराम भट्टराई बाहिरिएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम एउटै मञ्चमा बस्न १६ महिनापछि मात्रै तयार भए । चार वर्षको अन्तरालमा उनीहरू शनिबार फेरि एउटै मञ्चमा उपस्थित भएका छन् ।

 

बाबुरामको पुस्तक पुस्तक ‘गुमनाम आमाहरूका कथा’ विमोचन कार्यक्रमबाट प्रचण्डले बाबुराम-प्रचण्ड चाहेर पनि अलग हुन नसक्ने धारणा राखे । अहिलेको परिस्थितिले एकै ठाउँमा आउन प्रेरित गरेको प्रचण्डको बुझाइ र आग्रह थियो । बाबुरामले त्यस आग्रहलाई सकारात्मक त भनेका छन् र सम्भावनको गतिलो संकेत भने देखाएनन् ।

 

तत्कालीन एकीकृत माओवादीलाई भत्किएको ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाबुराम अलग्गिएका थिए । त्यसको ८ महिनापछि ३० जेठ २०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे ।

 

‘घर’ मात्रै भत्किएको थिएन उनको बहिर्गमनसँगै प्रचण्ड र बाबुरामको मन पनि कुँडिएको थियो । एकअर्काबीच मन कुँडिए पनि मन मिल्ने सहयात्री स्वर्गीय भक्ति पाण्डेको जीवनी ‘चाचा’ विमोचनमा उनीहरू सँगै देखिए ।

 

कार्यक्रममा त्यसबेलै पनि प्रचण्डले नेता बाबुरामलाई राजनीतिक परिवर्तन जोगाउनका निम्ति आफूहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए । भक्ति पाण्डेको पनि बाबुराम-प्रचण्ड एकै ठाउँमा हुनुपर्ने चाहना रहेको भन्दै उनले विमतिबीच पनि सहमतिको विन्दु भेटिन सक्ने बताएका थिए ।

 

बाबुरामसँग चार वर्षको अन्तरालमा दोस्रो पटक एउटै मञ्चमा सहभागिता जनाएका प्रचण्डले फेरि प्रचण्ड-बाबुराम चाहेर पनि छुटिन नसकिने भन्दै सहकार्यको प्रस्ताव गरेका छन् ।

 

‘हामीलाई सहिद परिवारले अलग हुन्न दिन्नन्, बेपत्ता योद्धाहरूले अलग हुन दिन्नन् । हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हुन्छ, हामी एकैठाउँमा हुनुपर्छ, सबै दृष्टिकोणले हामीलाई त्यसका लागि प्रेरित गरेको छ,’ प्रचण्डले भने ।

 

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कू’ गरेको र त्यसका निम्ति अलग पार्टीमा रहे पनि संघर्षको मोर्चा एउटै रहेको प्रचण्डको भनाइ छ । संघर्षको मोर्चामा मात्रै नभई बाबुराम-प्रचण्ड एकै ठाउँमा हुनुपर्ने प्रचण्डले आग्रह गरेका छन् ।

 

‘परिवर्तित राजनीतिक घटनाक्रमका विरुद्ध संघर्षका लागि, जनयुद्धमा ज्यान गुमाएका सहिदकालागि र योद्धाहरूका लागि सबै दृष्टिकोणले विश्लेषण र संश्लेषण गर्दा हामीलाई अलग होइन एकैठाउँमा आउन प्रेरित गरेको छ,’ प्रचण्डले भने ।

 

प्रचण्डको आग्रहलाई भट्टराईले आफूले जनयुद्ध छाडेको संशयका रूपमा लिए । प्रचण्डलाई जवाफ दिँदै भट्टराईले भने, ‘मैले माओवादी परित्याग गर्नुको अर्थ माओवादी आन्दोलन परित्याग गरेको भन्ने होइन । प्रचण्डले पनि त्यो कुरा संकेत गर्न खोज्नुभएको हो भने यो कुरा सत्य होइन ।’

 

नेता भट्टराईले जनयुद्धको कार्यभार पूरा भएपछि आन्दोलनलाई परिमार्जन गरौँ भन्ने आफ्नो प्रस्तावमा प्रचण्ड सहमत हुन नसक्दा बाहिरिनुपर्ने परिस्थित आएको प्रस्ट पारे ।

 

‘जनयुद्धको कार्यभार पूरा भएपछि आन्दोलनाई परिमार्जन गरौँ । बाटो र विचारको विकास गरौँ भन्ने मेरो अवधारणा थियो । यसमा सहमति जुट्न नसकेपछि मलगायत केही साथीहरू अलग्गिएका हौँ,’ भट्टराईले भने ।

 

एकैठाउँमा आउन प्रचण्डले गरेको आग्रहलाई उनले सकारात्मक भनेका छन् तर त्यो प्रस्ताव सम्भव नभएको जवाफसमेत दिएका छन् ।

 

‘माओवादी आन्दोलनमा लागेकाहरू एकैठाउँमा हुनुपर्छ भन्ने धारणालाई म सम्मान गर्न चाहान्छु । तर त्यो आवश्यक छैन । सम्भव हुँदैन र उपयुक्त छैन भन्ने मलाई लाग्छ,’ भट्टराईले आफ्नो कुरा टुंग्याए ।

 

प्रचण्डसँगका पुराना दिन सम्झिँदै बाबुराम

 

बिहीबार(मंसिर २६ गते) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्मदिन परेको थियो। २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्ड ६५ वर्ष पूरा भई ६६ वर्ष प्रवेश गरेका छन्। बिहीबार बिहानैदेखि पार्टीका नेता, कार्यकर्ता र उनका शुभचिन्तकहरुले विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका थिए।

 

यसैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने दिनको अन्त्यतिर प्रचण्डलाई जन्मदिनको ‘वीस’ गरे। भट्टराईले मध्यराति करिब १२ बजे फेसबुकमार्फत प्रचण्डलाई शुभकामना दिए।

 

उनले प्रचण्ड र आफू साथै रहेको करिब २७ वर्ष पुरानो तस्बिरका साथै जन्मदिनको शुभकामना आफ्नो फेसबुक पेजमा पोस्ट गरे । जन्मदिनको हार्दिक शुभकामना क. प्रचण्ड ! भन्दै उनले तस्बिरको वर्णनमा लेखेका छन्। ‘फोटो : २०५० सालमा सम्पन्न तत्कालीन नेकपा (एकता केन्द्र)को राष्ट्रिय सम्मेलनमा शहीदहरूप्रति सम्मान प्रकट गर्दै)’

 

भट्टराईले सार्वजनिक गरेको उक्त तस्बिरमा देखिएका प्रचण्ड नै हुन वा होइनन् भनी चिन्न मुस्किल पर्ने खालको छ।

 

माओवादी परित्याग गरेपछि प्रचण्डका आलोचक बनेका भट्टराई केसमयअघिदेखि प्रचण्डलाई सम्झिरहेका छन्। उनले बुधबार मात्रै पनि जनयुद्धमा सैनिक पोशाकमा प्रचण्डसँग रहेको फोटो फेसबुकमा पोष्ट गरेका थिए।

 

यसको पुष्टि उनको फेसबुकले गर्छ। बुधबार पनि उनले जनयुद्धमा प्रचण्डसँगै रहेको फोटो फेसबुकमा राखेका थिए।

 

ठाउँ र सन्दर्भ कुन हो भन्ने नखुलाए पनि गाउँलेसँग खिचिएको फोटोमा प्रचण्ड–भट्टराई सैन्य पोशाकमा देखिएका छन्। उनले लेखेका छन्। ‘जनयुद्धकालमा गाउँले जनतासँग प्रचण्ड र म।’

 

लामो समयको राजनीतिक यात्रामा साथसाथै रहेका प्रचण्ड र डा.भट्टराई कहिले मतभेद राखी टक्राउने र कहिले एकअर्कामा एकाकार भएको भन्ने खालका भाव प्रदर्शन गरिरहेका देखिन्थे ।

 

सशस्त्र युद्धकै क्रममा प्रचण्डबाट कारवाहीमा परेका बाबुरामलाई २०६२ कार्तिकमा भएको चुनवाङ बैठकमार्फत कारवाही फिर्ता गरेपछि पुन आफूहरु एक अर्काका परिपूरक भएको बताएका थिए।

 

३०६३ असारमा पहिलो पटक बालुवाटारमा सार्वजनिक हुँदा एउटै पोशाकमा देखिएर दुवैजना एकगठ रहेकोसन्देश दिन खोजेका थिए।

 

२०६३ असारमा बालुवाटारबाट सार्वजनिक हुँदै प्रचण्ड र बाबुराम, साथमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौला र तत्कालिन एमालेका महासचिव माधव नेपाल ।

 

माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा प्रचण्डपछिका मुख्य नेताको रुपमा भट्टराई नै थिए। युद्धका भन्दा निकै पहिलेदेखि एउटै मार्टीमा रहेका बाबुराम र प्रचण्ड युद्धकाल, शान्तिप्रक्रिया हुँदै नयाँ संविधान जारी हुँदासम्म एउटै पार्टीमा थिए।

 

संविधान जारी भएलगत्तै भट्टराई तत्कालिन माओवादीबाट अलग्गिएका थिए। बैकल्पिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी गठन गरेका उनले उक्त पार्टी पनि धेरै समय टिकाउन सकेनन् र, केही समयअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेर निर्माण भएको समाजवादी पार्टीको संघीय अध्यक्ष भट्टराई बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय