शनिबार , बैसाख ८, २०८१

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ।श्रृंगार गरेकी स्त्री= विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ ।घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो ।

 

तपाइँलाई लाभ मिल्न सक्छ ।२ धर्मग्रन्थ= विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ ।कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।गाई=विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ ।विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

 

आगो=विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ । कुकुर=शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।यसैगरी घरमा मठ राखेर तुलसी रोप्ने पुरानो चलन हो । तर तपाइँलाई थाहा नहुन सक्छ तुलसीको महत्व ठूलो छ ।

 

शास्त्रका अनुसार तपाइँको घरमा कुनै पनि नराम्रो घटना हुन लागेको छ भने सबैभन्दा पहिले तपाइँको घरमा रोपिएको तुलसीका पातमा संकेत देखिन्छ । घरमा संकट आउनु अघी तुलसीका पात सुक्न थाल्छन् ।पुराणमा उल्लेख भए अनुसार जुन घरमा संकट आउँछ त्यहाँ लक्ष्मीको बास हुँदैन । तुलसी लक्ष्मीकी प्रतिक भएका कारण संकट आउन लागेको घरमा तुलसीका पात सुक्ने शास्त्रको भनाइ छ ।

 

ज्योतिष विद्याका अनुसार बुध ग्रहका कारण यस्तो हुने गर्छ । बुध ग्रहको प्रभाव हरियो रंगमा हुन्छ । कुनै पनि विरुवाको रंग हरियो हुनुमा बुधको प्रभाव हुन्छ । बुधले नै संकट आउने संकेत तुलसी सम्म पुर्‍याउँछ । कुनै ग्रहले कुनै घरमा शुभ फल दिने भएपनि बुधले त्यसको संकेत तुलसीमा पठाउँछ ।

तुलसीको गमला भान्साको छेउँमा राख्दा घरमा कलह समाप्त हुन्छ भने पूर्वी दिशाको झ्यालको छेउँमा तुलसीको विरुवा रोप्दा पुत्रको स्वभाव सकारात्मक हुने विश्वास छ ।

 

कुनै पनि घरमा छोरीको विवाह गर्न ढिला भो भने तुलसीमा जल चढाउने चलन छ । ब्यापर ब्यवसायमा समस्या भएको छ भने घरको दक्षिण-पश्चिम दिशामा तुलसीको विरुवा रोप्नाले ब्यवसायमा सफलता मिल्ने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय