बिहिबार , चैत्र १५, २०८०

नयाँ पार्टी सहित मैदानमा ओर्लिएका वामदेव गौतम पहिलो बलमै बोल्ड आउट !

 

काठमाडौं ।

 

लामो समय नेकपा एकता अभियान चलाएका पूर्व गृहमन्त्री तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी खोलेका छन् । वामदेवले खोलेको नयाँ दललाई पहिलो गाँसमै ढुंगा भएको हो । वामदेवको नयाँ दललाई पारिवारिक दल भनेर समेत टिकाटिप्पणी भइरहेको छ ।

 

वामदेव नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् । जसमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् ।

 

यतिमात्रै कहाँ होर गौतमले आफ्ना पिएलाई समेत केन्द्रीय समितिमा छिराएका छन् । आफ्नै सन्तान र श्रीमतीलाई पार्टीको केन्द्रीय सदस्य बनाएका गौतमलाई पार्टी खोलेको पहिलो दिननै नमिठो प्रतिक्रिया पाएका हुन् ।

 

कसै कसैले त वामदेव यो नयाँ कदममा समेत पहिलो बलमै बोल्ड आउट भएको टिप्पणी गरिरहेका छन् । केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्य समेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ ।

 

यस्तै गौतमका छोराको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ । गौतमले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्दैछन् । केन्द्रीय समितिमा रहेका अन्यमा गौतमसहित तोफा यादव, ज्ञानुमाया रिजाल, दिपक कुमार टमाटा, कमल बस्नेत, रवि खाँ, मो. शेरवागवान, उदयराज अधिकारी, इमानसिंह भारती,

 

युवराज पौडेल, महेन्द्र अर्याल, डिल्ली भट्टराई, रामप्रकाश अधिकारी, नवराज ढुंगाना, ओम चालिसे, डिबी कार्की, डा कुमार आचार्य, भगवती विष्ट, डा प्रकाश मान श्रेष्ठ, दीपेश न्यौपाने, हरिबन्दु गुम्ता, शम्भु पाण्डे, देवी ओझा, गोपी गिरी, दुर्गा भण्डारी, धनञ्जय खनाल रहेका छन् ।

 

यस्तै डा रमेश खरेल, पविता लिम्बु, युवराज सफल, द्वारिका निरौला, तेजबहादुर कार्की, भगवती ढकाल, विष्णुराज अर्याल, कृष्णगोपाल बञ्जारा, गुणबहादुर बञ्जारा, सुरेशरत्न बज्राचार्य, मीननाथ देवकोटा, सरस्वती न्यौपाने, सरस्वती अधिकारी, निलकण्ठ पौडेल, नवीन ढकाल, रामचन्द्र भण्डारी (कुमार), प्रमोद उपाध्याय,

 

रामकृष्ण चौलागाईँ, उर्मिला श्रेष्ठ, रामबहादुर भण्डारी, राजकुमार हुमागाईं, राधेश्याम गुप्ता, कुन्ती पाठक, मञ्जु गुरुङ, हरि काफ्ले, लोकनाथ धमला, लोम्साङ शेर्पा,

 

गीता थापा, डोलराज अर्याल, रवीन्द्र बम, सञ्जय अधिकारी, नीमकान्त पाण्डे, रामकुमारी महर्जन, डोलराज अर्याल, प्रवेश महत क्षेत्री, डा केशवराज खड्का, ज्योती गिरी, अप्सरा उप्रेती, मेनका कार्की, शोभा पाठकलगायत पनि केन्द्रीय समितिमा रहेका छन् ।

 

यो पनि हेर्नुहोस, श्रीमान १० वर्ष सम्पर्कविहीन भए एकल महिला भत्ता दिन एमाले सांसदको प्रस्ताव

 

सांसदहरुले श्रीमान १० वर्षसम्म निरन्तर सम्पर्कविहीन भए श्रीमतीलाई एकल महिला भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् ।

 

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्वय बिमला वि.क. र विमला विश्वकर्माले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । उनीहरुले आफ्नो प्रस्ताव संसद सचिवालयको विधेयक शाखामा दर्ता गराएका हुन् ।

 

एकल महिलाको परिभाषामा ‘नियमित १० बर्षभन्दा बढी समय श्रीमान सम्पर्कविहीन वा बेपत्ता भएका महिला’ भनी थप गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।

 

प्रस्तावित विधेयकमा विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, ६० बर्ष उमेर पूरा भएका, विवाह नगरेका एकल महिलामध्ये नेपाल सरकारले तोकेको भन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रुपले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका महिलालाई एकल भत्ता दिने व्यवस्था छ ।

 

यही व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्वयले श्रीमान

 

 

 

यही व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्वयले श्रीमान १० बर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । दुबै संशोधनकर्ता सांसद प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद हुन् ।

 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने एकल भत्ता पाउने प्रस्तावित ६० वर्षे उमेर हदलाई घटाएर ५० वर्ष बनाउनुपर्ने प्रस्ताव राखेका छन् । उनले कामदार वर्ग, विपन्न वर्ग वा गरिवीको रेखामुनिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता तोकिए भन्दा दुई गुणा बढी दिनुपर्ने प्रस्ताव गरेका छन् ।

 

त्यस्तै ५५ वर्षभन्दा कम उमेरका असहाय एकल महिलालाई विद्यालय र विश्वविद्यालयमा निःशुल्क पाठ्यपुस्तकसहित अध्ययनको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि सांसद सुवालले गरेका छन् ।

 

एकीकृत समाजवादीमा एमालेसँग सहकार्यको बाटो बन्द

 

नेकपा एकीकृत समाजवादीको करिब १६ सय प्रतिनिधिको सहभागितामा भएको केन्द्रीय परिषद बैठकले यसैवर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँगको सहकार्यको बाटो बन्द गरेको छ ।

 

दुई दिनसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको छलफलपछि एकीकृत समाजवादीले आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुन नसक्ने निष्कर्ष निकालेको हो । बरु अहिलेकै सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने भएको छ ।

 

‘मिनी राष्ट्रिय सम्मेलन’ भनिएको केन्द्रीय परिषद बैठकमा स्थानीय तहको चुनावको समीक्षा र आगामी चुनावबारे कार्ययोजना तय मुख्य एजेन्डा थियो । सोमबार र मंगलबार विभिन्न ११ वटा समूहमा भएको छलफलको निष्कर्ष सुनेपछि अध्यक्ष माधकुमार नेपालले एमालेसँग यही निर्वाचनमा सहकार्यको सम्भावना नभएको सुनाएका नेताहरुले बताएका छन् ।

 

समूहगत छलफलमा केही टोली नेताले वाम गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए । तर अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण पनि अहिले सहकार्य सम्भव नभएको भन्दै उक्त बाटो बन्द गरिदिएका हुन् ।

 

एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले एमालेसँग गठबन्धन हुने सम्भावना टाढै रहेको बताए । केही समूह नेताले एमालेसँग पनि मिल्नुपर्ने मत राखेको र एमालेभित्र पनि वाम एकता हुनुपर्ने मत भए पनि यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा त्यस्तो सम्भावना नभएको उनको भनाइ छ ।

 

‘एमालेभित्र तल्लो स्तरका कार्यकर्ता र माथि पनि केही नेता वामपन्थीसँग मिल्नुपर्छ भन्नेमा छन्’ श्रेष्ठले बैठकको निष्कर्षबारे अनलाइनखबरसँग भने, ‘किनभने स्थानीय चुनावमा कतिपय पालिकामा हामीलाई सर्मथन गरेको पनि देखियो । तर, केपी ओलीको निरंकुश, तानाशाही खालको दम्भ र अहंकार छ, त्यो करेक्सन नभई एमालेसँग मिलेर जान सकिदैन ।’

 

आगामी चुनावमार्फत एमालेलाई ‘साइजमा नल्याई’ तालमेल वा एकताको सम्भावना नरहेको श्रेष्ठको भनाइ छ । ‘स्थानीय तहको चुनावमा केही साइजमा ल्याइयो । अब आम निर्वाचनमा अझैं साइज घट्छ । त्यसपछि वुद्धि पलाउँछ कि भन्ने हो,’ श्रेष्ठले भने ।

 

पोलिट्व्यूरो सदस्य दिलु पन्तले एमाले अध्यक्ष केपी ओलीसँग मिल्न नहुने र आफ्नो शक्तिलाई मजबुत बनाउँदै जानुपर्ने सुझाव अधिकांश समूहबाट आएको बताइन् । ‘पहिले आफ्नो पार्टीलाई मजबुत बनाऔं, आफ्नो शक्तिलाई मजबुत बनाऔं, हामी कठोर परिश्रम गर्न तयार छौं भन्ने कुरा आएको छ,’ उनले भनिन् ।

 

गठबन्धनमा अपमान नसहने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय