बिहिबार , चैत्र १५, २०८०

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद निरंकुश सत्ता चलाउन चाहनेका आँखाको कसिंगर हुने बताएका छन् ।

 

त्यही भएर हुकुमी शासन चलाउन चाहनेहरूले नै संसद भंग गर्ने उनले बताए ।६४ औं संसद दिवसका अवसरमा पूर्व सांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।‘

 

संसद जनताको घाँटीमा अड्केको वाणीलाई व्यक्त गर्ने माध्यम हो,’ पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले भने,‘यो निरंकुश सत्ता चलाउन चाहेका लागि आँखा कसेर बन्दै आएको छ ।

 

 

’हुकुमी शासन चलाउनेहरूलाई संसद मन नपर्ने उनले बताए । उनले भने, ‘हुकुमी शासन चलाउनेहरूलाई संसद मनपर्दैन । त्यही भएर संसदलाई बेला-बेला भंग गर्ने प्रचलन चल्दै आएका छन् ।’जसले भंग गरेपनि त्यो अधिनायकवादी प्रवृत्तिकै द्योतक रहेको उनले बताए ।

 

 

‘जल्ले धेरै र धेरै समयका लागि गर्छ त्यो बढी अधिनायकवादी हो,’ उनले भने ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले समयवद्धरूपमा काम गर्न नसकेको बताएका छन्।

 

प्रधानमन्त्री देउवाले सधैं हतार छ भने पनि कामहरू अलपत्र छाड्ने गरेको पौडेल बताउँछन्।जसले भंग गरेपनि त्यो अधिनायकवादी प्रवृत्तिकै द्योतक रहेको उनले बताए । ‘

 

जल्ले धेरै र धेरै समयका लागि गर्छ त्यो बढी अधिनायकवादी हो,’ उनले भने ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले समयवद्धरूपमा काम गर्न नसकेको बताएका छन्।

 

 

पूर्वसांसद मञ्च नेपालले ६३ औं संसद दिवसका अवसरमा संघीय संसद सचिवालयमा आज गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा पनि उपस्थित थिए। काम छ भन्दै प्रधानमन्त्री देउवा पहिले बोलेर निस्केका थिए।प्रधानमन्त्री देउवाले सधैं हतार छ भने पनि कामहरू अलपत्र छाड्ने गरेको पौडेल बताउँछन्।

 

हरेक प्रधानमन्त्रीलाई समय कम हुने भन्दै पौडेलले प्रधानमन्त्री देउवालाई लक्षित गर्दै भने, ‘हाम्रो प्रधानमन्त्रीजी हतार छ भनेर जानुभयो।ठिक छ, देशको प्रधानमन्त्रीलाई समय कम हुन्छ मलाई त्यो पनि थाहा छ।

 

सबै प्रधानमन्त्रीलाई हुन्छ। तर हाम्रो प्रधानमन्त्रीलाई कति हतार छ भन्ने कुरा त कामकारबाहीबाट देखिन्छ।’प्रधानमन्त्री देउवाले समयवद्ध काम गर्न नसकेको पौडेलको भनाइ थियो।

 

 

‘प्रधानमन्त्रीले मलाई समय पुगेन भन्ने, काम सधैं अलपत्र छाड्नेरु,’ पौडेलले भने, ‘पुगेर भनेर प्रधानमन्त्रीजी छिटोछिटो दौडनुहुन्छ।’उनले पार्टीमा पनि महाधिवेशन भएपछि छ महिनाभित्र गर्नुपर्ने काम अलपत्र रहेको बताएका थिए।

 

‘छ महिनाभित्र गर्ने भन्या काम सबै अलपत्र छन्,’ उनले भने, ‘मैले वास्तवमा सुनौलो भविष्यका लागि समयवद्ध काम गरौं भनेर नारा दिएको मलाई नै पाखा पारियो।सभापति देउवाले कांग्रेस विधानअनुसार विभाग र विभिन्न समिति गठन गर्न नसक्दा आलोचना भइरहेका छन्।

 

उनले सय भारी खर काट्ने र सय भारी खर पोल्नेको एउटै मूल्यांकन गर्न नहुने पनि बताएका छन्। उनले रासायनिक मल र औषधि खरिदलगायतमा नीतिगत भ्रष्टाचार हुने गरेको बताएका थिए।

 

आफू कृषिमन्त्री हुँदा रासायनिक मलका लागि कम अनुदान दिएको बताएका पौडेलले भ्रष्टाचार रोक्न सके सरकारले कम अनुदान दिए पनि पुग्ने जिकीर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय