शुक्रबार , चैत्र १६, २०८०

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ।

 

रामेछापमा गोगनेमा आज बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको छ।

 

गाडी सडकको ट्याक छाडेर छेउतर्फ गएको थियो। ढुंगाको ओट लागेर गाडी रोकिएको उपसभापति गुरूङले सेतोपाटीलाई बताए।

 

‘बाटो चिप्लो भएका कारण गाडी सडक छेउबाट तल खस्न लागेको थियो। ढुंगाको ओट लागेर पल्टन पाएन। हामी सबै जना सकुशल छौं,’ उपसभापति गुरूङले भने, ‘एक्साभेटर बोलाएर गाडी तान्ने तयारी छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय