बुधबार , बैसाख १२, २०८१

अर्घाखाँचीका युवा व्यवसायी साथीहरुको टोली दश दिने भ्रमणको लागि सेप्टेम्वर ६ तारिखको दिन काठमाण्डौबाट उड्यो । मलेसिया, बाली र सिंगापुर गरी १० दिनको प्याकेज बनाएर निस्किएको टोली पहिलो चरणमा मलेसियाका मुख्य मुख्य भागको भ्रमण सकेर सेप्टेम्वर ९तारिखको दिन साँझ साढे ६ बजे बालिको लागि उड्यो । बाली शहरमा रातको करीव रातको ९ः४० मा हामी बालीको नगुराह राई एयरपोर्टमा सकुशल अवतरण गर्यौ ।

बाली शहरमा प्रवेशसंगै हाम्रो सिकाई शुरु भयो । ८३ दशमलव ५ प्रतिशत हिन्दु धर्मावलम्वी भएको लेसर सुन्डा आइसल्यान्डको पश्चिमी क्षेत्रमा रहेको बालीमा पुगेको दिन Hotel Zia Kuta मा खाना खाइवरी सुतेको टोली अर्कोदिन बिहानैबाट भ्रमणमा निस्कियो ।

भ्रमणको पहिलो दिन हामी समुन्द्री सतहबाट १२९ मिटरको उचाईमा रहेको बाली क्षत्रकै दोस्रो ठूलो ताल बेराटन तालमा पुग्यौं । तालको विचमा रहेको हिन्दु मन्दिर मुख्य आकर्शक रहेको यहाँ पर्यटकीय विकासको लागि बालीले गरेको प्रयास निकै प्रशंसनीय र स्मरणिय रहेको पायौँ । बेतुरीती जिल्लाको बेडुगुल राजमार्गको किनारमा रहेको यो ताल निकै मनमोहक र पर्यटकीय गन्तव्य हो ।

बेराटन तालको अवलोकन पछि हाम्रो टोली होटलबाट करीव २० किलोमिटरको दुरीमा रहेको तनाह लुत मन्दिरतर्फ अगाडी बढौं । तनाह लुतको अर्थ बालिने भाषामा समुन्द्र भन्ने अर्थ हुने रहेछ । हिन्दु धर्मावलम्वीको पवित्र मन्दिर को दृश्य थप मनमोहक र सुन्दर लाग्यो । यहाँबाट देखिने सुर्यास्तको दृश्य र प्रत्यक्ष रुपमा अनुभती गर्न सकिने सामुन्द्रिक छाल यहाँको मुख्य आकर्शक रहेको पायौं ।

समुन्द्रको किनारमा रहेको विशाल चट्टानमा अवस्थित यो मन्दिर निरन्तरको सामुन्द्रिक छालले यसको आकार थप सुन्दर बन्दै गएको देखियो । तनाह लोट मन्दिर १६ औ शताव्दीमा Dang Hyang Nirartha का कारण बनेको विश्वास गरिने रहेछ । दक्षिण तटको अवलोकनको क्रममा रहेका उनले सामुन्द्रिक किनारमा आकर्शक चट्टान देखेपछि उनले त्यही रात मात्र विताएनन आवश्यक सहयोग सहित मन्दिर बनाउन आग्रह गरे । यो ठाउँ सामुन्द्रिक देउताहरुको पूजा गर्ने ठाउँ भएको महशुश गरी उनले त्यहाँ रहेका जालहारीहरुलाई मन्दिर बनाउन आग्रह गरे । त्यसपछि त्यहाँ सुन्दर मन्दिर बनेको रहेछ । यो पनि यहाँ भ्रमणको क्रममा छुटाउनै नहुने मन्दिर होे ।

भ्रमणको छैर्ठौ दिन हामीले त्यहाँ रहेको जगन्नाथ मन्दिर सहित सामुन्द्रिक तटहरुको अध्ययन भ्रमण गर्यौ । विहान १० वजे जगन्नाथ मन्दिरको दर्शन गरी हामी Padang Bech, Blue Beach र Uluwatu क्षेत्रको अवलोकन भ्रमण मात्र गरिएन, समुन्द्रक तटको मज्जा लिइयो । Padang Bech मा हामी केही मिनेट छालको मज्जा लियौं । स्वीमिङ्ग जान्नेहरु बढी त नजान्नेहरु डुबुल्की मारेरै भएपनि समुन्द्रको मज्जा लियौं । बाली भ्रमण गर्नेहरुको लागि यो पनि छुटाउनै नहुने दृश्य हो । Blue Beach  र Uluwatu बाट देखिने सामुन्द्रिक छालको दृश्य साँच्चै नै मनमोहक लाग्यो । Uluwatu बाट देखिने सामुन्द्रिक दृश्य र सुन्दर हिन्दु मन्दिर यहाँको निकै आकर्शक गन्तव्य हो ।

भ्रमणको सार्तौ दिन हामीले बाली डल्फिनको यात्रामा निस्कियौं । विभिन्न सामुन्द्रिक खेलहरु खेल्न सकिने यो क्षेत्र पनि पर्यटकीय आकर्शण रहेको पायौँ । अझ छुटाउनै नहुने कुरा त के भने हामी जहाँ पुग्थ्यौं, त्यहाँ अत्याधिक नेपालीहरु भेट्थ्यौं । नेपालबाट मात्रै दर्जनौंको संख्यामा घुम्न आएका नेपालीहरु भेटदा बेग्लै आनन्दको महशुश गयो । अरु देशमा जस्तो रोजगारीको क्रममा पुगेका नेपालीहरु बालीमा खासै देखिएनन ।
बाली डल्फिनमा हामीले विभिन्न खेलहरुको मज्जा लियौं । सामुन्द्रिक प्याराग्लाइडिङ्ग, अन्डरवाटर सहित ओभर फ्लाई वाटर सहितका खेलबाट हामीले भरपुर मज्जा लियौं । प्रति व्यक्ति एक सय डलरमा तीन खेलको मज्जा लियौं । जुन कुरा बाली भ्रमणमा जानेका लागि सिकाई हुनसक्छ ।

हामीले बालीमा देखेका केही कुरा ः

बिकासको लागि ठूला ठूला महलहरु हुनै नपर्ने रहेछ । राज्य संचालकहरुमा दृढ इच्छाशक्ति र चाहना हुनेहो भने छोटो समयमा पनि आमुल परिवर्तन हुन सक्ने रहेछ भन्ने कुरा हामीले बालिबाट सिक्यौं । सडकमा यात्रा गरिहँदा हामीले कहीँ कतै प्रहरीहरु देखेनौं । जनतामा सचेतता आउने हो र कानूनको पालना सवैले गर्ने हो भने समाज आफै संस्कारी बन्दो रहेछ भन्ने कुरा पनि हामीले सिक्यौं । संगै त्यहाँका जनताको सामाजिक भावना निकै गर्व गर्न लायक लाग्यो । अझ एक परिवार एक मन्दिरको अवधारणाले निकै प्रभावित पर्यो । अधिकाँस घरको प्रवेशद्वारमा गणेश भगवानको मुर्ती र पुजापाठ गरेको देख्यौं । हिन्दुहरुलाई हेर्ने बालीको सकारात्मक धारणाले हामीलाई थप प्रभावित पार्यो ।

हाम्रो भ्रमण टोली

१, सरोज गौतम
निर्माण व्यवसायी
जन्मस्थान ः अर्घाखाँची खिदिम
हाल ः बुटवल, रुपन्देही

 

 

२, प्रेम कुमार थापा
व्यवसायी
जन्मस्थान ः नुवाकोट, अर्घाखाँची
हाल ः सन्धिखर्क, अर्घाखाँची

३, राजन ज्ञवाली
निर्माण व्यवसायी
ठेगाना ः खिदिम, अर्घाखाँची

४, कृष्ण प्रसाद भुसाल
निर्माण व्यवसायी
जन्मस्थान ः आँपखोला, अर्घाखाँची
हाल ः सन्धिखर्क, अर्घाखाँची

 

 

५, वेदराज घिमिरे
किराना व्यवसायी
जन्मस्थान ः मैदान, अर्घाखाँची
हाल ः सन्धिखर्क, अर्घाखाँची

 

 

६, काशिराम बस्याल
निर्माण व्यवसायी
जन्मस्थान ः डिभर्ना, अर्घाखाँची
हाल ः सन्धिखर्क, अर्घाखाँची

 

 

७, लेखनाथ भुसाल
हार्डवेयर व्यवसायी
जन्मस्थान ः आँपखोला, अर्घाखाँची
हाल ः सन्धिखर्क, अर्घाखाँची

 

 

८, जयनारायण चौधरी
निर्माण व्यवसायी
जन्मस्थान ः
हाल ः बुटवल, रुपन्देही

 

 

९, हरिप्रसाद भुसाल
व्यवसायी
जन्मस्थान ः धारापानी, अर्घाखाँची
हाल ः सन्धिखर्क, अर्घाखाँची

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय