बिहिबार , चैत्र १५, २०८०

२०७६ भदौ २२
भूमिकास्थान नगरपालिका अर्घाखॉचीले भदौ २१ गतेदेखि नगरपालिका भित्र रहेका सबै वर्गका अपांगहरुलाई परिचय पत्र वितरणको अभियान सन्चालन गरेको छ ।

अभियानको दोश्रो दिन हिजो भूमिकास्थान नगरपालिका वडा नं २ ढाकावांगमा रहेका क ख ग र घ वर्गका गरी २८ जना अपांगहरुलाई परिचय पत्र वितरण गरेको बताइएको छ ।

अभियानको क्रममा भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासेले परिचय पत्र वितरण शिविरसम्म आउन नसक्ने अपांगलाई घरमै पुगेर भएपनि परिचय पत्र उपलब्ध गराउन कोसिस गरिने बताउनु भयो ।

भूमिकास्थान नगरपालिकाका १० वटै वडामा परिचय पत्र वितरणको कार्य पुरा भएपछि मात्र यो अभियान सम्पन्न गरिने जनाइएको छ ।

अभियानको दोश्रो दिन भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासे, जिल्ला अस्पताल अर्घाखॉचीका डाक्टर कपिल गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत तुवलाल सापकोटा, कम्प्यूटर अपरेटर शेषकान्त घिमिरे ओसन, महिला विकास निरीक्षक शान्ता आचार्य, स्वास्थ्य सह संयोजक सिद्दार्थ आचार्य, वडा नं २ अध्यक्ष बुद्धि बहादुर थापा, वडा सचिव मदन बेल्वासे, वडा कार्यालयका कर्मचारीहरु, स्वास्थ्य चौकी ढाकावांगका स्वास्थ्यकर्मीहरु लगायतकाे सक्रियता रहेको कम्प्यूटर अपरेटर शेषकान्त घिमिरे ओसनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय