सोमबार , चैत्र १३, २०७९

पहिलो अपडेट / भदौ १३, अर्घाखाँची

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

अर्घाखाँची चेम्वर अफ कमर्सले नवआगन्तुक कार्यालय प्रमुखहरुलाई स्वागत गरेको छ ।
सन्धिखर्कमा एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल सहितका कार्यालय प्रमुखहरूलाई स्वागत गरेको हो ।

स्वागत कनर्यक्रममा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी पौडेलले निजि क्षत्रसंग हातेमालो गरेर अगाडि बढ्न आफुहरु तयार रहेको भन्दै निजि क्षेत्रलाई उचित वातावरण बनाउन स्थानिय प्रशासन तयार रहेको बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका प्रमुख जयलाल मरासिनि, रामबाण गुल्मका प्रमुख गुल्मपति सुमन थापा, शस्स्त्र प्रहरी ३६ नं गुल्मका प्रमुख माधव रेग्मी समेत लाई चेम्वरले स्वागत गरेको थियो ।

नवआगन्तुक कार्यालय प्रमुखहरुले निजि क्षेत्रको विकासको लागि आफ्नो कार्यालयले कुनै कसर नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रम चेम्वरका बरिष्ठ उपाध्यक्ष महेन्द्र सेजवालको स्वागत मन्तव्य, जिल्ला सदस्य हरिप्रसाद भुसालको संचालन र जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय