बुधबार , बैसाख १२, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरूले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको कुरा बुझ्नु पर्ने बताएका छन् ।

 

सरकारबाट फिर्ता भएपछि प्रेम आलेले मात्रै सार्वजनिक रूपमा नै छ महिनाका लागि आफू मन्त्री बनेको बताएको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले समेत आफू ६ महिनाका लागि मात्रै सरकारमा सहभागी भएको हुँ भनेर भन्नुपर्ने बताए ।

 

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी नभएको गुनासो गरे । फिर्ता भएका मन्त्रीले आफू लगायतका नेतासँग राम्रोसँग बोलचालसमेत नगरेको बताए ।

 

उनले भने, ‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन ।

 

अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त । मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय