बुधबार , बैसाख १२, २०८१

पहिलो अपडेट / भदौ १०, अर्घाखाँची

अर्घाखाँची चेम्वर अफ कमर्सले पहिलो स्थापना दिवस भव्यताका साथ मनाउने भएको छ ।

२०७५ साल भदौ १८ गते विधिवत रुपमा दर्ता भएको चेम्वरले यही भदौ १८ गते पहिलो स्थापना दिवस विशेष महत्वका साथ मनाउन लागेको चेम्वर अर्घाखाँचीले जनाएको छ ।

स्थापना दिवसकै सन्दर्भ पारेर चेम्वरले बार्षिक साधारण तथा प्रथम अधिबेशन गर्ने तयारी गरिएको अर्घाखाँची चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए ।

स्थापना दिवस भव्यताका साथ सफल पार्न आज सन्धिखर्कमा बसको बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । जसअन्तरगत प्रकाश भुसालको संयोजकत्वमा बाबुराम पन्थी, गोपाल खनाल व्यवस्थापन समिति निर्माण गरिएको छ भने हरि प्रसाद भुसालको संयोजकत्वमा ज्ञान बहादुर वि.क. र लेखनाथ भण्डारी सदस्य रहेको प्रचार प्रसार समिति गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय