शनिबार , बैसाख ८, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् । क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन् ।

 

 

 

 

२०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन् ।

 

 

 

 

मेयर बालेन शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तर्क्रिया समेत गरे ।अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तर्क्रियापश्चात् उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गरेका छन् ।

 

 

 

उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रूपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन्ब।हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

 

 

 

 

तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।पैसा छैन भनेर आउने बिरामीले यहाँ निःशुल्क उपचार सेवा पाउँछन्; मेयर बालेन शाह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय