बिहिबार , बैसाख ६, २०८१

काठमाडौं । साधारण सदस्य समेत नरहने गरी ज्वाला संग्रौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । हिजो सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले राप्रपा परित्याग गरेको घोषणा गरेकी हुन् । राप्रपाको आफ्नो यात्रामा साथ दिने व्यक्तिहरुप्रति उनले धन्यवाद समेत दिएकी छिन् ।

 

राप्रपा परित्याग गरेपनि अध्यक्ष राजेन्द्र लिङदेनप्रति आफ्नो सधै साथ, सर्पोट र सम्मान रहिरहने बताएकी छिन् । यो मुलुक परिवर्तनको यात्रामा एकदिन राजेन्द्र लिङदेनले देशको नेतृत्व लिएरै छाड्नेमा आफु ढुक्क भएको र अबको समय देशप्रति असल काम गर्नेहरु प्रति समर्पित रहने लेखेकी छिन् ।

 

उनले लेखेकी छिन्– आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट अलग्गिएको घोषणा गर्दछु। आजसम्मको यो यात्रामा मलाई साथ दिनुहुने पार्टीका सबै अग्रज ब्यक्तित्वहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। ब्यक्तिगत रुपमा राजेन्द्र लिङदेन दाईलाई मेरो सदैव साथ

 

 

 

, सपोर्ट र सम्मान रहिरहनेछ । यो मुलुक परिवर्तनको यात्रामा राजेन्द्र लिङदेनले एकदिन देशको नेतृत्व लिएरै छाड्नु हुनेछ भन्ने कुरामा पनि म ढुक्क छु। अबको मेरो समय यो देशमा असल काम गर्नेहरु सबै प्रति समर्पित रहने छ । सबैको जय होस् , मंगल होस्।

 

चर्चित पत्रकार रवि लामिछानेले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेसँगै धेरैले सामाजिक संञ्जालहरुमा ज्वाला संग्रौला रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा प्रवेश गर्नसक्ने भन्दै बिभिन्न टिप्पणी गरिरहेका थिए ।

 

 

त्यसलाई सत्यको रुपमा स्थापना गर्ने गरी ज्वाला संग्रौलाले सामाजिक संञ्जालमा पोष्टहरु सेयर गरिरहेकी छिन् । रवि लामिछानेले पार्टी घोषणा गर्नु अघि नै धेरैले ज्वाला संग्रौलालाई रवि लामिछानेसँगै सहकार्य गरेर अघि बढ्न सहल्ला दिएका थिए ।

 

 

उच्च स्रोतका अनुसार ज्वाला संग्रौला रवि लामिछाने नेतृत्व ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा प्रवेश गर्ने तयारीमा रहेको र सम्भव भए आजा भोली नै पार्टी प्रवेश गर्ने कार्यक्रम तय गर्ने । ज्वाला संग्रौला जापानमा रहदै देखि उनी रवि लामिछानेको प्रशंसक थिए । रवि लामिछानेको रहेक काममा उनले साथ दिदै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय