काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिग्रेका कम्युनिस्ट र सडेका अण्डा उस्तै हुने बताएका छन् ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टहरू बिग्रिए संसारकै सबैभन्दा काम नलाग्नेमा परिणत हुने बताए ।
‘कम्युनिस्टहरू राम्रा हुन्छन् । वैज्ञानिक हुन्छन् । धैर्यतापूर्वक विश्लेषण गर्छन् । तर बिग्रेपछि कम्युनिष्टजति खराब कोही पनि हुँदैन । अण्डा लाभदायी हुन्छ तर सड्यो भने त्यो जति गन्धा केही पनि हुँदैन । अण्डा जति गन्धा केही हुँदैन । कम्युनिस्ट बिग्रिए त्यस्तै हुन्छन्’, उनले भने ।
प्रचण्डले संविधान र समाजवादलाई सफल बनाउन वाम गठबन्धन र पार्टी एकता गरे पनि सबै प्रयास केपी शर्मा ओलीका कारण बरबाद भएको बताए ।
‘कम्युनिस्टहरू राम्रा हुन्छन् भनेर एकता गरेको त आफ्ना सहयोद्धालाई देखि नसहने, बैठक, छलफल बहस गर्नै नपर्ने । भ्रष्टाचारको पराकाष्ठा केपीजीकै पालामा भयो’, प्रचण्डले भने ।
मुलुकको अर्थतन्त्रमा देखिएका असरको जिम्मेवार ओली नेतृत्वको अघिल्लो सरकार भएको आरोप पनि उनले लगाए ।
शोधनान्तर घाटाको आजको स्थिति ओली र तत्कालीन अर्थमन्त्री युवराज खतिवडाका कारण सिर्जित भएको बताए ।
‘मेरै अगाडि एमालेका शंकरजीले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ भन्नुभयो । मेरो अगाडि त्यसो भन्न मिल्छ ? शोधनान्तर घाटाको आज जे स्थिति छ त्यसको प्रणेता केपी ओली र युवराज खतिवडा हुन्’ , प्रचण्ड
ले भने ।