बिहिबार , बैसाख १३, २०८१

पहिलाे अपडेट / साउन ६, अर्घाखाँची

चर्चित पत्रकार रवी लामिछाने काे रिहाई र पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका दाेशीलाई कारवाही माग्दै अर्घाखाँचीमा प्रदर्शन हुने भएकाे छ ।

सिधा कुरा जनतासंग टेलिभिजन कार्यक्रम मार्फत चर्चामा अाएका लामिछानेलाई नियतवस अनुसन्धानकाे बहानामा दुख दिईएकाे भन्दै देशभर अान्दाेलन भैरहँदा अर्घाखाँचीमा पनि माेटरसाईकल र्याली सहित नागरिक सभा अायाेजना गरिएकाे हाे ।

साँझ पाँच बजे शान्ती बैगैचामा भेला भई प्रदर्शनमा सहभागी बन्न स्वतन्त्र नागरिक समाजले सवै जिल्लावासीमा अपिल समेत गरेकाे छ ।

निर्दाेशलाई फस्न नदिन र अपराधीलाई उम्कन नदिन दवाव दिनका लागि अाफुहरु सडकमा निस्किएकाे अभियन्ता शिव बेल्वासेकाे भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय