आविष्कार केन्द्र का संस्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्यापासिटर विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान गरेका हुन् ।
पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकहरुमा सहरी क्षेत्रमा चल्ने छोटोदुरीका बसहरुमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ । यस्ता बसहरु एक पटक चार्ज गर्दा २० किलो मिटरसम्म चल्न सक्छन् ।जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ ।
तर अन्य ब्याट्रीबाट चल्ने बसहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छसुपर क्यापासिटर लाखौं पटक चार्ज र डिशचार्ज गर्न सकिन्छ। तर साधारण ब्याट्री भने करिब एक हजार पटकसम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकि न्छ।
१० देखि १५ वर्षसम्म सहजै प्रयोग गर्न सकिने यस्ता बसहरुको सुपर क्यापासिटरकोब्याट्री समेत तुलनात्मक रुपमा सस्तो हुने गर्दछ । अनुसन्धान र विकास सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महाबिर पुनले बताएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब सिंगो पार्टी पंतिको ध्यान प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले १६५ क्षेत्रमा नै उम्मेदवारको तयारी गर्न निर्देशन दिए ।
पार्टीको पहिलो केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै नेपालले नेकपा एसले चुनावमा अधिकतम सफलता हासिल गर्ने गरी वातावरण बनाउनुपर्ने बताए । प्रत्येक कार्यकर्ता जनताको घर-घरमा पुग्नुपर्ने उनको भनाइ थियो ।
नेपालले भने, ‘हामीले १६५ निर्वाचन क्षेत्रमा अहिलेदेखि नै उम्मेदवारको तयारी गर्नुपर्छ । कति ठाउँमा डम्मी उम्मेदवार पनि उठाउनुपर्ने हुन सक्छ । पालिका-पालिका, वडा वडामा कार्यकर्ता खटाउनुपर्छ । बुथ-बुथमा टोलटोलमा कमिटी बनाउनुपर्छ ।’
स्थानीय चुनावमा आफूहरूले २८ प्रतिशत मात्रै उम्मेदवार खडा गर्दा पनि ९ लाख मत प्राप्त गर्न सफल भएको अध्यक्ष नेपालले बताए ।
‘सबै ठाउँमा उम्मेदवार उठाएको भए योभन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्ने थियौं । २० लाख भोट सजिलै आउने थियो,’ उनले भने, ‘यदि प्रतिनिधिसभा र प्रदेशसभामा २० लाख भोट ल्यायौं भने केही सिट सुरक्षित गर्न सक्नेछौं ।’
उनले मंसिरमा चुनाव हुने सम्भावना रहेकाले अहिलेदेखि नै आआफ्नो कार्यक्षेत्रमा खटिन कार्यकर्तालाई निर्देशन दिए ।
‘प्रत्येक कार्यकर्ता जनताको घरघरमा गएर कलम चिन्हको प्रचार गर्नुस्,’ नेपालले भने ।
स्थानीय चुनावमा अत्यधिक भोट बदर भएर आफूहरूले धेरै ठाउँमा हारेको उनले बताए । काठमाडौं महानगरमै ५० हजार भन्दा बढी भोट बदर हुँदा आफ्नो पार्टीका उपमेयर उम्मेदवारले पराजय भोग्नुपरेको उनको दाबी थियो । उनले मतदातालाई राम्ररी प्रशिक्षित गर्न कार्यकर्तालाई निर्देशन दिए ।
सबैको जानकारीको शेयर गर्नुहोस !!!