आइतबार , बैसाख २, २०८१

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एकिकृत समाजवादीकी सचिव एवं निवर्तमान शहरीविकास मन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली प्रति आफ्नो ठूलो सम्मान रहेको बताएकी छिन् ।

 

 

 

मन्त्री हुनु भन्दा अघि ओलीप्रति केही नराम्रो टिप्पणी गरेको भए पनि मन्त्री भए पनि कुनै नकारात्मक टिप्पणी गरेको भन्दै झाक्रिँले एमाले अध्यक्ष ओली प्रति अहिले पनि आफ्नो मनमा ठूलो सम्मान रहेको भन्दै सम्मान भाव प्रकट गरेकी छिन् ।

 

 

मन्त्री हुने मौका दिएको भन्दै नेकापा एसका अध्यक्ष माधव कुमार नेपाल , नेता झलनाथ खनाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि उनले धन्यवाद दिएकी छिन् ।

 

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाको क्याविनेटमा बसेर काम गर्दा धेरै राम्रो अवसर आफुले पाएको भन्दै झाँक्रीले प्रधानमन्त्री देउवा र उहाँको टिम आफ्नो लागी ठूलो पाठशाला भएको बताएछिन् ।

 

 

 

शहरीविकास मन्त्रीबाट छोड्नु पर्दा भन्दा पनि मन्त्रालयको टिम छोडेर जानु पर्दा दुख लागेर रोएको प्रष्टिकरण उनले दिएकी छिन्।एक टेलिभिजन अन्तवार्ताका क्रममा पूर्वमन्त्री झाँक्रीले मन्त्री पद छोड्नु परेर रोएको भन्ने आरोप सरासर गलत भएको बताएकी छिन् ।

 

 

 

रुनु गलत भए पनि आफुलाई कन्ट्रोल गर्नै नसकेर आँशु झरेको झाँक्रीले भनेकी छिन्। भावुक भइहाल्ने आफ्नो पुरानै स्वाभाव भएको भन्दै उनले यसलाई आफ्नो कमजोरीका रुपमा व्याख्या गरेकी छन् ।

 

 

 

कसैले प्रशंसा गर्दा पनि रुने बानी भएको भन्दै यो एउटा नसा जस्तै भएको उनले भनेकी छिन् । कसैको चुरोट खाने नसा भए जस्तै मेरो रुने नसा छ । उनले भनेकी छिन् । ४० बर्षको उमेर पुरा हुँदा पनि सानै देखीको त्यो बानी नहटेको भन्दै त्यो आफ्नो कमजोर पक्ष भएको सुनाइन् ।

 

 

 

मन्त्रालयका निमित्त सचिवले प्रशंसा गरेर बोल्न थाले पछि आँशु झर्न थालेको उनले सुनाइन ।स्कुले जीवनमा टेस्ट पास गरे पछि बिदाई कार्यक्रम हुने जस्तै मन्त्रालयबाट बिदा हुने बेलामा त्यस्तो अवस्था आएको झाँक्रिले बताइन् ।

 

 

 

पद छोड्नु परेर होइन आफ्नो बानीनै यस्तै भएको दाबी पनि उनले गरेकी छिन् ।नेकपा एस पार्टीबाट मन्त्री बन्ने बेलामा ६ महिनाका लागी मात्रै भनेर मन्त्री बनेको भन्ने कुरालाई झाँक्रिले अस्विकार गरेकी छिन् ।

 

 

 

६ महिनाका लागी मन्त्री बनाइदिनुस् भन्दै ल्याप्चे लगाएर आएको होइन भन्दै उनले आफु पनि सो पार्टीको सचिव र संस्थापक मध्येको एक भएको भनेकी छिन् ।

 

 

 

६ महिना के पार्टीले भनेको भए ६ घण्टामै पनि मन्त्री छोड्न तयार हुनुपथ्र्यो भन्दै झाँक्रीले तर जुन तरिकाले पार्टीले निर्णय गरेर फिर्ता बोलायो त्यो भने बिल्कुलै गलत भएको दाबी गरिन् । मन्त्री फिर्ता बोलाउँने तरिका भने विल्कुलै ठिक नभएको भन्दै झाँक्रिले यसबारेमा पार्टी भित्रै कुरा गर्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय