आइतबार , बैसाख ९, २०८१

नेकपा एमालेको दशौं महाधिवेशन नजिकिँदै गर्दा एमालेमा अध्यक्ष ओलीको उत्तराधिकारी को होला भन्ने विषयमा पनि बहस शुरू भएको छ । अहिलेको महाधिवेशनमा एमालेको हाइ–कमाण्ड फेरि ओलीकै काँधमा रहने निश्चित जस्तै छ ।ओलीपछि पार्टीको नेतृत्व जिम्मा लगाउने व्यक्ति पनि उनले यही महाधिवेशनबाट तयार गर्दैछन् ।

 

 

 

उनले अहिलेबाट प्रोजेक्सन गरेको व्यक्तिलाई नै ओलीले ११ औं महाधिवेशनबाट पार्टी सत्ताको बागडोर हस्तान्तरण गर्नेछन् ।एकताको महाधिवेशन भनेर ओलीले सर्वसम्मत नेतृत्व चयनको प्रयास अघि बढाएका छन् ।

 

पार्टीको तल्लो तहको अधिवेशनमा नै ओलीको सर्वसम्मतिको प्रयास अभ्यास भइसकेको छ । त्यसो हुँदा एमालेको सर्वोच्च कार्यकारी निकाय केन्द्रीय कमिटी पनि सर्वसम्मतिमा नै बन्ने निश्चित प्रायः छ ।

 

सर्वसम्मतिबाटै नेतृत्व चयन हुँदा ओलीले जसलाई पार्टी महासचिवको जिम्मेवारी दिन्छन्, त्यो नेता नै एमालेमा ओलीपछिको उत्तराधिकारी हो । कम्युनिस्ट पार्टीमा समग्र पार्टी सञ्चालनको प्रशासनिक जिम्मेवारी महासचिवलाई हुन्छ ।एमाले बहुपदीय प्रणालीमा छ । एमालेमा वरीयताको हिसाबले महासचिव पद सातौं हो, तर जिम्मेवारीको हिसाबले अध्यक्षपछिको दोस्रो महत्त्वपूर्ण पद हो ।

 

हुन त एमालेको विधान महाधिवेशनले नयाँ पद सिर्जना गरेको छ, त्यो हो वरिष्ठ उपाध्यक्ष । तर, वरीयतामा एमालेमा यो तेस्रो पद हो । दोस्रो वरियतामा वरिष्ठ नेता हुन्छन्, तर उनको कुनै कार्यकारी अधिकार हुँदैन । अध्यक्षमा ओली नै दोहोरिन लागेकाले यसपटक एमालेमा वरिष्ठ नेता नरहने लगभग पक्काजस्तै छ ।

 

एमालेको विधानले वरिष्ठ उपाध्यक्षलाई केही सीमित अधिकार र कर्तव्य तोकेको छ । एमालेकै नेताहरूको भनाइमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पद नेताहरूको व्यवस्थापनका लागि सिर्जना गरिएको हो ।

 

 

 

आगामी महाधिवेशनबाट ओलीले जोजसलाई वरिष्ठ उपाध्यक्ष र महासचिवको जिम्मेवारी दिन्छन्, तिनैमध्येका एक एमालेमा ओलीको उत्तराधिकारी हुन् ।एमालेका वर्तमान महासचिव ईश्वर पोखरेल दुई कार्यकाल पार्टीको महासचिव भइसकेका छन् । विधानअनुसार उनी फेरि सोही पदमा दोहोरिन पाउँदैनन् ।

 

उनले वरिष्ठ उपाध्यक्ष बन्ने दाबी गरेका छन् । उनी १० औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बने भने पनि उनले एमालेको नेतृत्व गर्ने अवसर भने पाउने छैनन् । उमेरका कारण उनी बाहिरिनुपर्ने बाध्यता हुनेछ ।

 

अहिले विष्णु पौडेल र घनश्याम भुसाल एमालेको उपमहासचिव छन् । एमाले कार्यकर्ताले यी दुवैलाई पार्टी नेतृत्वमा पुग्न सक्ने नेताको रूपमा लिन्छन् ।

 

समन्वयकारी भूमिका र पार्टीभित्र पनि ‘सर्वमान्य’ छवि बनाएका पौडेल भावी नेतृत्वका लागि प्रमुख दाबेदार हुन् । अध्यक्ष ओलीको विश्वास र पार्टीका नेताहरू तथा संगठनभित्रको पकडका कारण ओलीको उत्तराधिकारी बन्न सबैभन्दा ठूलो दाबेदारी पौडेलको छ ।

 

एमालेको भावी नेतृत्वका रूपमा हेरिएका अर्का नेता हुन्, शंकर पोखरेल । पोखरेल ओलीका अनन्य सहयोगी पनि हुन् । पोखरेलको सम्बन्ध ओलीसँग त प्रगाढ छ नै एमालेको आन्तरिक राजनीतिमा बलियो फ्याक्टर बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ छ ।

 

तर, संगठनमा भने पोखरेलको पक्कड पौडेलसरह छैन । आफ्नै जिल्लामा समेत पोखरेल पार्टीभित्र सर्वमान्य बन्न सकेका छैनन् ।एमालेमा ओलीको उत्तराधिकारीका रूपमा अहिले सीमित अनुहार मात्र प्रस्टसँग अगाडि आएका छन् । आगामी महाधिवेशनमा ओलीले कसलाई अघि बढाउँछन्, भन्ने कुराले को हाइ–कमाण्डको बाटोमा अघि बढ्छ भन्ने निर्धारण हुन्छ ।

 

यसबारे कुनै निष्कर्षमा पुग्नुअघि केही सन्दर्भहरू हेरौं :

एमालेको विधानअनुसार ७० वर्ष उमेर पूरा भएपछि पदाधिकारी तहमा उम्मेदवारी दिन पाइँदैन । एमालेको विधानले हरेक पाँच वर्षमा महाधिवेशन आयोजना गर्ने व्यवस्था गरेको छ ।

 

एमालेको ११ औं महाधिवेशन २०८३ मंसिरमा हुनुपर्छ । त्यसबेलासम्म एमालेका नेताहरू ईश्वर पोखरेल (६८) र सुवास नेम्वाङ (६९)ले उमेर हदका कारण उम्मेदवार समेत बन्न पाउँदैनन्

 

 

।ओलीसँग संघर्ष गरिरहेका नेता भीम रावल (६५) २०८३ असारमा नै ७० वर्ष पुगिसक्छन् । त्यसो हुँदा उनी पनि अध्यक्षको उम्मेदवार बन्नबाट बञ्चित हुन्छन् ।

 

भलै, रावलले दशौं महाधिवेशनमा नै अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् । संस्थापनसँग संघर्ष गरिरहेका रावललाई ओलीसँग निर्वाचनमा भिडेर जीत निकाल्नु फलामको च्युरा चपाउनु बराबर हुने अवस्था छ ।

 

एमालेकी उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य (६८) एमाले विभाजन हुनुअघि ओलीको तीव्र आलोचक थिइन्, पछि एमाले संस्थापनले उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनायो । उमेर हदका कारण अर्को महाधिवेशनमा शाक्य नेतृत्वएमालेका उपमहासचिव घनश्याम भुसाल

 

 

 

(६०) र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे (६३) ओली क्याम्पमा थिएनन् । त्यसो हुँदा अहिले ओलीले उनीहरूलाई नेतृत्व दिने गरी अगाडि नबढाउने निश्चितप्रायः छ । उनीहरू एमालेको १२ औं महाधिवेशनमा नेतृत्वको दाबेदार बन्न सक्छन् ।

 

नवौं महाधिवेशनबाट सचिव बनेका पृथ्वी सुब्बा गुरूङ (६४) ले एमाले माओवादी एकता नहुँदासम्म संगठन विभाग प्रमुख भएर काम गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री भएका उनी ओलीका भरपर्दा सहयोगी हुन् । तर, ओलीले गुरुङलाई पार्टीको नेतृत्वदायी भूमिका दिने गरी अगाडि बढाउने सम्भावना देखिँदैन ।

 

एघारौं महाधिवेशनमा अध्यक्षका लागि विष्णु पौडेल र शंकर पोखरेल मुख्य दाबेदारका रूपमा रहने निश्चित छ । त्यतिबेला उनीहरूलाई उमेर पनि बाधक बन्ने छैन । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेता पनि त्यतिबेला अध्यक्षका लागि दाबेदारी गर्ने स्थितिमा रहनेछन् ।

 

एमालेकी उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य (६८) एमाले विभाजन हुनुअघि ओलीको तीव्र आलोचक थिइन्, पछि एमाले संस्थापनले उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनायो । उमेर हदका कारण अर्को महाधिवेशनमा शाक्य नेतृत्वको दाबीबाट बाहिरिने छिन्को दाबीबाट बाहिरिने छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय