आइतबार , बैसाख ९, २०८१

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकबाट मन्त्री हेरफेर गर्ने तथा छनौट गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

 

कार्यकारिणी समितिबाट गर्नुपर्ने निर्णयको जिम्मेवारी अध्यक्ष यादवलाई तोकिएको हो ।

 

साथै जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई कारबाही गर्ने अधिकार पनि अध्यक्ष यादवलाई दिइएको एक कार्यकारिणी सदस्यले लोकान्तरलाई बताए ।

 

ती सदस्यले भने,‘औपचारिक रूपमा बैठक बसेको हैन, पहिलेदेखि नै हस्ताक्षर गरिएको थियो । सबैलाई राखेर अहिले यस्तो निर्णय गरिएको हो ।’

 

गठबन्धनलाई शंकर पोखरेलका प्रश्न– ८ खर्ब रुपैयाँ खोइ ?

 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुलाई ८ खर्ब रुपैयाँ खोई भनि प्रश्न गर्नुभएको छ ।नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले गठबन्धनका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभिएर मुलुकलाई संकटग्रस्त बनाउन गठबन्धनको वकालत गरिरहेको बताउनुभयो । गठबन्धनको ध्यान सिंगो मुलुकलाई कसरी आर्थिक संकटबाट जोगाउने भन्दा पनि एमालेसँग कसरी लड्ने भन्ने मात्रै रहेको पोखरेलको भनाइ छ ।

 

महासचिव पोखरेलले गठबन्धनका शीर्ष नेताहरुलाई पाँचवटा प्रश्नसमेत गर्नुभएको छ । प्रचण्ड, रामचन्द्र पौडेल, झलनाथ खनाल, उपेन्द्र यादव र चित्रबहादुर केसीलाई प्रश्न गर्दै पोखरेलले गठबन्धन निरन्तर लैजानुपर्छ भन्नेहरुको उद्देश्य मुलुकलाई अझ कमजोर बनाउनेमात्र रहेको आरोप लगाउनुभयो । पोखरेलले नेकपा एमालेले सत्ता छाडेको एक वर्षमा सोधनान्तर घाटाको तथ्यांक पेश गर्दै यसबाट उत्तर खोजिनुपर्ने बताउनुभयो ।

 

महासचिव पोखरेलले एमालेले सत्ता छाड्दा ११ महिनाको लागि सञ्चिती रहेको विदेशी मुद्रा गठबन्धन सरकारले ९ महिनामै ६ महिनाको सञ्चितीमा झारेको आरोप लगाउनुभयो ।

 

त्यस्तै महासचिव पोखरेलले कोभिड १९ को महामारी र लकडाउनको बेलामा जति पनि पूँजीगत खर्च पाँच दलको सरकारले गर्न नसकेको आरोप लगाउनुभयो । यस कुराको जवाफ गठबन्धन दलले खोज्न जरुरी रहेको भन्दै पोखरेलले को सत्तामा पुग्ने भन्ने कुराले देश नबन्ने दाबी गर्नुभयो ।

 

पोखरेलले भने, ‘सत्तादेखि सत्तासम्मको गोलचक्करबाट समाजवादका आधार निर्माण हुन सक्दैन । एउटा रोचक प्रसंग सुनाउँछु, कसले उत्तर दिने हो ? नेपाली पैसा कहाँ गयो, ८ खर्बका नोट राष्ट्र बैंकले जारी गरेको छ । तर, त्यो पैसा न बैंकमा छ न त बजारमा, कहाँ गयो त्यो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय