बुधबार , बैसाख १२, २०८१

भदाै ४/ पहिलाे अपडेट, अर्घाखाँची

प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेलले जिल्लामा रहेका उद्याेगी व्यवसायीहरुसंग भेटघाट गरेका छन् ।

चन्द्राैटा प्रशासनबाट सरुवा भई अर्घाखाँची अाएका पाैडेलसंगकाे भेटमा व्यवसायीहरुले व्यवसायिक समस्या सामाधानमा जाेड दिन अाग्रह गरेका थिए ।

सन्धिखर्क बजारमा निर्माण सामग्रीहरु राख्नुकाका साथै गाडीहरु यत्रतत्र पार्किङ गर्दा दुर्घटना बढेकाे भन्दै यसतर्फ प्रशासनकाे ध्यान जानुपर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा प्रजिअ पाैडेलले जिल्लाका समस्या समाधान गर्न हातेमालाे गरेर अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

कसैलाई पनि दुख दिने नियत अाफुहरुकाे नरहेकाे भन्दै पाैडेलले १५ दिनभित्र मुल्यसुचि ब्यवस्थापनका साथै निर्माण तथा व्यापारिक सामानहरु व्यवस्थित गर्न अाग्रह गरेका थिए ।

भेटघाट कार्यक्रममा अर्घाखाँची चेम्वर अफ कमर्सका अध्यक्ष अशाेक कुमार श्रेष्ठ, अर्घाखाँची उद्याेग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ सहितका व्यवसायीहरुकाे सहभागित रहेकाे थियाे ।

यसअघी अाज नै प्रजिअ पाैडेलले जिल्लामा क्रियाशिल राजनितिक दलका प्रतिनिधिहरुसंग समेत छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय