आइतबार , बैसाख २, २०८१

नेकपा एमाले विभाजन गरेर बनको दल नेकपा एसबाट शहरी विकासमन्त्री बनेकी रामकुमारी झाँक्री धरधरी रोएर मन्त्री पद छोडेको बिषयमा सबैतिर यहि बिषयले चर्चा परिचर्चा बटुलिरहेको छ ।नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि रामकुमारी झाँक्रीले रुँदै मन्त्री पद छोड्नु परेको बिषयमा मुख खोलेको छन् ।

 

 

 

रामकुमारीलाई आफ्नै पार्टी नेकपा एसबाट कुनै पनि नेताले सहानुभूतिका शब्द व्यक्त नगरेका बेला काग्रेस नेता पौडेल भने उनको पक्षमा देखिएका छन् ।

 

 

रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर कसरी समाजवाद आउँछ ? भन्दै पौडेलले प्रश्न गरेका छन् । पौडेलले सार्वजनिक मंचबाटै यस्तो प्रश्न गरिरहँदा नेकपा एसका नेता झलनाथ खनाल पनि उनकै साथमा थिए ।

 

 

 

पालो पुर्याउँनैका लागी मन्त्री बनाउँने चलन गलत भएको भन्दै उनी खनिएका छन् ।नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’

 

 

 

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद नआउने बताएका हुन्।उनले भने, ‘चार दिन काम गर्न नपाएका मन्त्रीलाई हटाउनुपर्ने अवस्था छ। हामी समाजवादको कुरा गर्दैछौँ।

 

 

 

 

सबैको पालो पुर्‍याउनुपर्ने पनि कतै हुन्छरु समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछरु’नेता, कार्यकर्ताले संस्कार नबदलेसम्म समाजवाद आउन नसक्ने बताए।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समाजवादको जग बसाउनकै लागि गठबन्धनको सरकार बनेको बताएका छन्।

 

 

 

गठबन्धनबाटै समाजवाद ल्याउँन सकिने तर्क पौडेलले गरेका छन् ।एकीकृत समाजवादी पार्टीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएपछि मन्त्रालयबाट बाहिरिने क्रममा झाँक्री आइतबार पत्रकार सम्मेलनकै क्रममा भावुक बनेर रोएकी थिइन्।

 

 

 

 

रामकुमारीले रुँदै छोडेको मन्लालयमा उनकै पार्टीबाट मन्त्री भएका मेटमणी चौधरीले हाँस्दै पदभार ग्रहण गरेका छन् । रामकुमारीले सुरु गरेका नितीगत कुराहरुलाई आफुले पनि निरन्तरता दिने प्रतिवद्धता पनि चौधरीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय