आइतबार , बैसाख २, २०८१

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो आयु समेत थपिदिएका छन्। योगेश भट्टराईले ‘२ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु’ भन्दै आफ्नै आयु समेत जोडियोस भन्ने अर्थमा शुभकामना दिएका हुन् ।

 

योगेशले सोमबार बिहान सामाजिक सञ्जालमा माधव नेपाल र आफ्नो सम्बन्धबारे १० बुँदामा लेख्दै नेपाललाई २ सय वर्ष बाँच्न र सधैं पदमा रहिरहन शुभकामना दिएका हुन् । यसरी सरदर उमेर भन्दा बढी उमेर बाच्नु भन्ने सन्दर्वमा गाउँघरतिर आफ्नो आयु समेत थपिदिन्छु भन्ने अर्थमा हेरिन्छ

 

 

 

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको किचलो चलिरहेका बेला शनिबार योगेशले सामाजिक सञ्जालमा माधव नेपाल र झलनाथ खनाललाई आत्मबोध र पश्चाताप कहिले भनेर प्रश्न गरेका थिए ।

 

त्यसपछि अध्यक्ष नेपालले आइतबार एक भाषणमा ‘दश भाइ’ एमालेका दास भएको र उनीहरूले एकीकृत समाजवादीको खेदो खनेको बताएका थिए ।

 

आइतबारै योगेशले नेपाललाई राजनीतिबाट सन्यास लिएर बस्न सुझाव दिएका थिए । यसपछि समाजावदीका विभिन्न नेताहरू योगेशविरुद्ध खनिएका थिए ।

 

उनले लेखेका छन्, ‘कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काएँ । समाजबादीका युवाको चित्त दुखेछ १ माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरू खुसी हुनेगरी म भन्न चाहन्छु – कमरेड माधव नेपाल २ सय बर्ष बांच्नुहोस् । पदमा रहिरहनुहोस्, शुभकामना १’ त्यसपछि नेपाल र आफ्नो सम्धन्ध बारेमा योगेशले लेखेका १० बुँदा यस्ता छन्,

 

१। पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

२। वहाँमा थुप्रै राम्रा गुण छन् । जसको खुलेर प्रशंसा गरेको छु । कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन् । र यो जारी रहने छ ।

३। नेकपा एमालेको पाँचौ महाधिवेशन ९२०४९ ० मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हांै ।

४। छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।

५। सातौँ महाधिवेशनबाट वहाँ पुनः पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।

६। आठौं महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।

७। नवौं महाधिवेशनमा वहाँ पुरानै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।

८। प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो । मैले मानिन र गरिन ।

९। नेकपा एमालेको बिभाजनको औचित्य छैन । यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो । अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय