आइतबार , बैसाख २, २०८१

सहरी विकासमन्त्रीका रूपमा ९ महिना बिताएर रुँदैरुँदै सिंहदरबारबाट बाहिरिनु भएकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफ्नो पार्टी अध्यक्ष माधव नेपालको अनैतिक कामको पोल खोल्नुभएको छ ।

 

सिंहदरबारबाट रुँदै बाहिरिएकी आइतबारदेखि नै सामाजिक सञ्जालमा सुरु भएको आक्रमणको प्रतिवादमा उहाँले माधव नेपाल अनैतिक रहेको तथ्य बाहिर ल्याउनु भएको हो ।

 

झाँक्री बाहिरिएलगत्तै उहाँको सचिवालयमा नियुक्ति पाएकी भनिएकी पत्रकार कान्ति न्यौपानेले आफूले ६÷७ महिनाको पारिश्रमिक नपाएको भनेर सामाजिक सञ्जालमा आक्रोश पोख्नुभएको थियो । जवाफमा झाँक्रीले माधवले फसाएको बताउनु भएको छ ।

 

झाँक्रीले आफूलाई पार्टी चलाउने पैसाका लागिसमेत दबाव आएको खुलासा गर्दै नेपालको पोल खोल्नुभएको हो । ’मैले पार्टी चलाउन योजना बेच्न सकिन । यो मलाई थाहा छ’, झाँक्रीले लेख्नुभएको छ, ’मन्त्री भएका कारण जबरजस्त हाँसेर बोल्नुपरेको थियो। क–कसले के मागे ? मैले के गरेँ, मसँग रोष्टर छ । ’उपभोक्ताबाट काम गर्न नपाउने निर्णय र साना कार्यक्रम प्याकेज गरेर सार्वजनिक खरिद प्रक्रियामा जाने मेरो निर्णय नै पार्टीभित्रको आन्तरिक तहमा मेरो अलोकप्रियता बढ्नुको मुख्य कारण थियो।’

 

रामकुमारीले आफ्नो सचिवालयमा तलब नपाएका पत्रकारबारे पनि स्पष्टीकरण दिनुभएको छ । उहाँले आफ्नो सचिवालयमा त्यस्ता पत्रकार राख्ने सुविधा नै नभएको तर माधवले दवाव दिएर नहुने काम गराएको बताउनु भएको छ ।

 

रामकुमारीकाे स्पष्टीकरण जस्ताको तस्तै

 

मेरो सचिवालयमा यस्ता पत्रकार राख्ने सुविधा थिएन। माधव कमरेडले पत्रसहित पटक पटक फोनमा यी कान्ति न्यौपाने अष्टलक्ष्मी शाक्यको प्रेस हेर्ने गरी उता जान लागेकी थिइन्, हामी सरकारमा जान्छौं र कुनै मन्त्रीको प्रेस हेर्ने गरी नियुक्ति दिउँला भनेर ल्याएको हो जसरी पनि कतैबाट मिलाएर तलव खुवाउनु राख्नु भन्नुभयो। पार्टी नेताको आदेश त मान्नै पर्यो तर तलव कहाँबाट खुवाउनु? नेपाल सरकारमा यस्ता पदमा जागिर लगाउन कुनै ठाउँ हुँदैन। प्रशासनिक पदमा त कानुन त जागिर लगाउन मिल्दैन।

 

मैले पाउने दुईजना ड्राइभर गाडी चलाउनु पर्यो, दुईजना सहयोगी मेरो परिवारका लागि खाना पकाउन चाहियो। स्वकीय सचिवमा एकजनाको तलव पार्टी कार्यालय पठाइदिनु भन्ने निर्णय थियो। अरू दुईजना मेरा जिल्लाको पार्टीले सिफारिस गरेका स्वकीय सचिव, जिल्ला र मेरो काममा सहयोग गर्न चाहियो।

 

त्यसैले मैले मंसिर, पुस, माघ र फागुनको तलब दैनिक ज्यालादारीमा राखेर खुवाएँ। पहिलो कुरा तलब दिने ठाउँ छैन, दोश्रो उनको मलाई कुनै सहयोग छैन। उनकै प्रोफाइल हेर्नुस्, मेरो सचिवालयमा बसेर मेरै क्याबिनेटका मन्त्रीबारे गरेका टिप्पणी, त्यसैले उनलाई मैले निकाल्नु पर्यो।

 

कतिसम्म भने मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने होइन कि, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने, मेरो सुविधा दिनु भनेर मन्त्रालयको आन्तरिक शाखामा गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आजसम्मको कामका लागि धन्यवाद! अब मलाई सहयोग गर्न आउनु पर्दैन भनेको थिएँ।

 

मैले त एक महिना पनि सहयोग गरेको पाइनँ। उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीका नाममा तलव माग्न मिल्छ? म बसुन्जेल मेरो काम गरेको विवरण लिएर आउनुस्, म मेरो आफ्नै तलबबाट दिउँला। काम गरेर होइन मेराविरूद्ध फेसबुकमा स्टाटस लेखेवापत तलव कसरी।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय