आइतबार , बैसाख ९, २०८१

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका नेता झलनाथ खनालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राजा महेन्द्रसँग तुलना गरेका छन् ।

 

 

आजबाट काठमाडौँमा सुरु भएको नेकपा एसको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमाले अध्यक्ष ओलीलाई राजा महेन्द्रसँग तुलना गरेका हुन् ।

 

 

राजा महेन्द्रमा जस्तै सोच ओलीमा पनि रहेको खनालले भनेका छन् ।खनालले ओलीलाई राजा महेन्द्रसँग तुलना गर्दै भने, ‘त्यो संसद् नेकपाको दुई तिहाइको शक्ति थियो ।

 

 

 

यो अहिले हामीले अङ्गीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले । हामी जतिसुकै प्रगतिशील कानून र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।

 

 

 

’नेता खनालले ओलीमा अहंकार अहिले पनि भएकाले पाँच दलीय गठबन्धन गर्नुपरेको बताए । केपी ओलीको अंहकारका कारण दुई दुई पटक प्रतिनिधीसभा बिघठन भएको भन्दै खनाले यसले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति गराएको बताए ।

 

 

 

कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले भरत मोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी काम समेत कटौती गरिन्छ की भन्ने त्रास भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय