आइतबार , बैसाख २, २०८१

नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो कामको गति सुस्त नहुने बताएका छन् । सोमबार राष्ट्रपतिबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर पदबहाली गरेका मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी गरेका हुन् ।

 

‘म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु’, मन्त्री चौधरीको भनाइ छ । उनले यसअघिका मन्त्रीले सुरु गरेका कामहरूलाई निरन्तरता दिने आफ्नो योजना रहेको पनि सुनाए । ‘हाम्रो स्टार्टिङ प्वाइन्ट जिरोबाट सुरु हुँदैन । यसअघिका मन्त्रीले गरेका काम ८० प्रतिशत कम्प्लिट भएका छन् भने बाँकी रहेका कामबाटै म काम सुरु गर्छु र १०० मा पुर्‍याउँछु’, मन्त्री चौधरीको भनाइ छ । उनले आफू मन्त्रीको पदमा रहेसम्म योग्यता, क्षमता, दृष्टिकोणले भ्याएसम्म इमानदार भएर काम गर्ने भन्दै कुर्सीको दुरुपयोग नगर्ने बताए ।

 

 

‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ । हामी थोरै समयका लागि यो ठाउँमा आएका छौँ र धेरै गर्नुपर्नेछ’, उनले भने, ‘६ महिनाको अवधिमा आफ्नो स्पीडमा इमानदारिताका साथ सरकारको पोलिसीसँग नबाझिने गरी कार्यसम्पादन गर्छु ।’

 

 

नेकपा (एकीकृत समाजवादी) का चार जना नयाँ मन्त्रीले सपथ लिएका छन्।

 

सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार मेटमणि चौधरीलाई शहरी विकास, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेकी थिनवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्ने छन्।

 

स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हिराचन्द्र केसीलाई प्रधानमन्त्री देउवाले सपथ खुवाएका छन्।

 

एकीकृत समाजवादीले यसअघि मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय तीन साताअघि गरेको थियो। यसअघि राज्यमन्त्री रहेका खापुङ यसपालि स्वास्थ्य मन्त्रीमा बढुवा भएका हुन्।इन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय