आइतबार , बैसाख ९, २०८१

भर्खरै महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले तीन महिना एकीकरणको अभियान सञ्चालनको तयारी थालेको छ । अध्यक्ष केपी शर्मा ओलीले तीन महिना एकीकरणको अभियान सञ्चालन गर्न लागेको बताए ।

 

 

 

चितवनमा भएको एमालेको दशौँ महाधिवेशनबाट अध्यक्षमा दोस्रो पटक निर्वाचित ओलीले महाधिवेशन समापन गर्दै पार्टी एकता नभइ कार्यकर्ता प्रवेश गराउने अभियान थाल्ने स्पष्ट पारे ।

 

ओलीले भने ‘हामी तीन महिनासम्म अब एकीकरणको अभियान संचालन गर्नेछौं । कार्यकर्ताा एकीकरणको अभियान, कार्यकर्ता प्रवेशको अभियान गरिनेछ । विभिन्न पार्टीबाट कार्यकर्ता प्रवेश गराउनुपर्छ । एउटा अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाउनुपर्छ ।’

 

ओलीले अहंकारी व्यक्ति नेता बन्न नसक्ने पनि बताए । ओलीले भने ‘अहंकार र नेता मिल्ने कुरा होइनन् । नेतामा अहंकार हुँदैन, अहंकारी नेता बन्न सक्दैन ।’

 

विनम्रताका साथ देश र जनताको सेवामा समर्पित हुनुपर्नेमा ओलीले जोड दिए । विभिन्न अभियान संचालन गरेर एमाले जनतामा जाने ओलीले बताए । स्थायी कमिटी, पोलिटब्यूरो बैठक गठन र कार्ययोजना छिट्टै तय गर्ने उनले बताए । २५ र २६ मंसिरमा केन्द्रीय कमिटीको बैठक बस्ने ओलीले बताए ।

 

पार्टीमा अनुशासन उल्लंघन हुन लागेको अवस्थामा सचेत गराउन दृढताका साथ अघि बढ्न ओलीले अनुशासन आयोगलाई आग्रह गरे । जो सुकै भएपनि अनुशासन उल्लंघन मान्य नहुने ओलीले बताए ।

 

यस्तै, पार्टीका सचिव योगेश भट्टराईले पनि एमालेले एकीकरणको कदम चाल्न लागेको बताएका छन् । बिहीबार एक टेलिभिजनमा अन्तर्वार्ता दिदै उनले माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीका

 

 

 

सबै नेता कार्यकर्ताहरु ३ महिनाभित्र एमालेमै आउनेगरी एकीकरणकको अभियान चलाउन लगोको बताएका छन् । ‘माधव नेपालबाहेक सबै नेता कार्यकर्ताहरु स्थानिय तहसम्मै एमालेमा प्रवेश गर्छन्’, उनले भने ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय