आइतबार , बैसाख ९, २०८१

पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो ।

 

राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गर्दै नयाँ बन्ने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो ।

 

तर संसदमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल चलिरहेकाले २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो । यसैबीच आजै सहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

 

यो पनि हेर्नुहोस, काम गर्दा गल्ती बोल्ने नियत थिएन, समयले मागे फेरि मन्त्री हुन्छु : प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह गरेका छन् ।

 

आइतबार मन्त्री पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे ।उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु ।

 

मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु । समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु । मैले गरेको कामलाई पछि आउने मन्त्रीले निरन्तरता दिने आशा राखेको छु ।’

 

यसवर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्यौलतालाई चिर्न मोदीबाट बुद्धको जन्म नेपालमा नै भएको हो भनेर बोलेको र सो कार्यक्रमको आफू अध्यक्षता गरेको विषयलाई पनि उनले आफ्नो सफलता मानेका छन् ।

 

उनले नेपालमा पहिलो पटक ५ हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न गरेको र प्रधानमन्त्रीबाट उद्घाटन गराइएको बताए । लुम्बिनीलाई प्राकृतिक बनको रुपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातीका ४० हजार वृक्षारोपण कार्य सम्पन्न गरेको बताए ।

 

पशुपति क्षेत्रमा विश्वरुपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्ताहरुमा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रंगरोगन सरसफाई गरिएको र अन्य वर्षको तुलनामा गत बर्षको शिवरात्री भव्य र सभ्य रुपमा सफल भएको उल्लेख गरे ।नेपालबाट हराएका ८६ वटा मुर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको आलेले बताए ।​

 

प्रेम आलेले आफैंलाई दिए ९० नम्बर : २ सय ६३ दिन बितेको पत्तै भएन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफूले मन्त्रालय सम्हालेको २ सय ६३ दिन बितेको पत्तो नै नपाएको बताएका छन् ।

 

मन्त्रीबाट राजीनामा घोषणाका लागि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूले गरेका कामका फेहरिस्त प्रस्तुत गरेका छन् । मन्त्री आलेले आफु ‘एक्सन’मा विश्वास गर्ने बताउँदै आफूलाई कामको नतिजा छिटो चाहिने बताए ।

 

उनले मन्त्री पद सम्हाल्दा गरेको कामका आधारमा आफूले आफैंलाई ९० अंक दिएको बताए । आफू छिटो छरितो सेवामा विश्वास राख्ने बताउँदै उनले छलछाम गर्नेहरुलाई कारवाही गरेको बताए ।

 

उनले पर्यटन बोर्ड, वायुसेवा निगमका पदाधिकारी, नारायणहिटी, पशुपति लगायतका क्षेत्रमा गलत गर्नेलाई कारवाही गरेको बताए । उनीहरुलाई त्यहाँबाट हटाउँदा आफूलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दवावका साथै आर्थिक प्रलोभन पनि आएको र आफूले त्यसलाई अस्वीकार गरेको बताए ।

 

उनले भने– ‘म प्रक्रिया भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको राजनीतिक कार्यकर्ता हुँ । मलाई चाडै रिजल्ट चाहिन्छ । जनतालाई छिटो छरितो कसरी सेवा प्रदान गर्ने विषयलाई मैले उच्च प्राथमिकतामा राखेको थिएँ ।

 

यदि मलाई कसैले तपाई आफ्नो कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ भनेर पत्रकार साथीहरुले सोध्नुहुन्छ भने मेरो उत्तर हुनेछ ९० प्रतिशत । मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’

 

उनले आफ्नो कार्यकालमा विमानस्थल सुधारका

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय