आइतबार , बैसाख ९, २०८१

वि.सं.२०७९ साल आषाढ १३ गते । सोमबार । ईश्वी सन् २०२२ जुन २७ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– चतुर्दशी, रातको ५ बजेर १० मिनेट उप्रान्त औशी । नक्षत्र–रोहिणी, बेलुकी ४ बजेर २७ मिनेट उप्रान्त मृगशिरा । योग– शुल, बिहान ०८ बजेर ४ मिनेट उप्रान्त गंड । करण–भद्रा, बेलुकी ४ बजेर १६ मिनेट उप्रान्त शकुनि, रातको ५ बजेर १० मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३४ पला ।

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): ओजिलो बोलिको प्रभावले समाजमा सकारात्मक कामको थालनी हुनेछ भने राजनीतिक यात्रा सफल रुपमा अगाडी बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईँको बलियो पकड रहने तथा कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान हुनेछ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आफन्त तथा शुभचिन्तको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखि काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढि नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुने छैनन् । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । बिधी बिधान पुर्वक काम गर्न नसक्दा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तरपनि लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । बिषेश गरी तरल पदार्थ तथा खनिज पदार्थसँग सम्बन्धीत बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराएर अगाडी बढ्न सकिनेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममूखि काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेकोछ । आत्मविश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): लामो खटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूति हुनेछ । व्यापारमामन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा सानो सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो दुरिको व्यापारिक यात्राको तय गर्न सकिनेछ । लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । राम्रा काम गरी अरुको बिस्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । खेल तथा अन्य अतिरिक्त क्रिर्याकलापमा भाग लिने अवसर जुर्र्नेछ भने नतिजा पनि आफैतिर ल्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय