आइतबार , बैसाख ९, २०८१

वि लामिछानेले तीन करोड ठगी गरेको आरोप

 

काठमाडौं ।

 

सञ्चार पेशा छाडेर ‘नेपाल स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले तीन करोड बढी ठगी गरेको आरोप लागेको छ ।

 

तर, अहिलेसम्म उक्त रियालिटी शो प्रशारण नभएको र शोमा सहभागी हुन आवेदन दिएकाहरुबाट लामिछानेले तीन करोड बढी गठी गरेको आरोप लगोको हो ।

 

कैलालीको जानकी गाउँपालिका-५ का आदित्य न्यौपानेले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर लामिछानेसँग हिसाब मागेका छन् ।

 

लामिछानेको त्यतिबेलाको भनाइ उद्धृत गर्दै न्यौपानेले भनेका छन्- ‘समाज र वर्तमान पुस्ताले सोचेको अनि खोजेको नेतृत्व ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने भनेर लामिछानेले सार्वजनिक रुपमा भनेका थिए ।’

 

नाम दर्ताको निम्ति एक हजार रुपैयाँ तिरेर फारम भरेको न्यौपानले बताएका छन् । उनले लेखेका छन्- ‘लामिछानेले नयाँ कार्यक्रम ल्याउने सुनेपछि फाराम भर्नेको भीड थामिनसक्नु भयो । तर, अहिलेसम्म न कार्यक्रम सञ्चालनमा आयो, न हजार रुपैयाँ नै फिर्ता पाएँ ।’

 

न्युज २४ छाडेर ग्यालेक्सीमा गएपछि फोन सम्पर्क गरेको न्यौपानेले बताएका छन् । आफूले पटक पटकको फोन सम्पर्कमा ‘हामीलाई थाहा छैन’ भन्ने जवाफ पाएको उनको भनाइ छ । उनले आफ्नो मात्रै नभइ हजारौं युवाको पैसा डुबेको बताएका छन् ।

 

न्यौपानेले लेख्छन्- ‘आजभन्दा करिब दु

 

 

 

 

न्यौपानेले लेख्छन्- ‘आजभन्दा करिब दुई वर्षअगाडि रवि लामिछाने न्युज २४ मा छँद द लिडर कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो । सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ ।

 

तर १००० रूपैयाँ तिर्नुपर्न रैछ, त्यो नि गरें । आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन । रवि लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ । ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो ।’

 

रवि लामिछाने र उनको समूहले चलाखीपूर्ण तरिकाले पैसा बुझेको रसिदसमेत नदिएको उनको आरोप छ । नामको पछाडि लाग्दा पैसा डुबेकोमा उनले अहिले आएर दुःख मनाउ गरेका हुन् ।

 

उनले अगाडि लेखेका छन्– ‘मेरो रजिस्ट्रेसन नम्बर ३०४७१ हो । अर्थात् ३०४७१×१०००. ३०४७१००० रकम हुन आउँछ । मभन्दा पछाडि नि सायद हजारौंले नाम दर्ता गराएका होलान् ।

 

अब हामी सबैको पैसाको जिम्मा कसले लिने ? तर यहाँनिर एउटा चलाखी रवि लामिछानेले गर्नुभयो । पैसा बुझाएको प्रमाण कतै दिइएन । रजिस्ट्रेसन नम्बर मात्र दिनुभयो । रवि लामिछाने नाम नै काफी थियो, त्यही भएर कुनै शंका लागेन । तर अहिले न कार्यक्रम हुँदैछ न त पैसा फिर्ता ।’

 

उनले भनेजस्तो ३० हजारभन्दा बढी मानिसले हजार रूपैयाँ तिरेर रजिस्ट्रेसन गरेका हुन् भने तीन करोडभन्दा बढी रकम आयोजकले उठाएको देखिन्छ ।

 

‘द लिडर’ कार्यक्रमका प्रस्तोता लामिछानेले सञ्चालन गर्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्रलगायत ५ जना निर्णायकमा रहने घोषणा गरिएको थियो ।

 

सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी एक सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिएका थिए ।

 

भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने र प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने भनिएको थियो । आयोजकले कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने दाबी गरेको थियो ।

 

यो पनि हेर्नुहोस, वाम तालमेलमा कति सफल होलान् वामदेव ?

 

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एकाएक सक्रियता बढाएका छन् । स्थानीय तह निर्वाचनमा निष्क्रिय रहेका उनी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको चर्चा सुरु हुनासाथ सक्रिय भएका हुन् ।

 

तत्कालीन नेकपा फुटाउन भूमिका खेलेको आरोप खेपेका गौतम पुनः वाम तालमेल गरेर नेकपा जुटाउने अभियान जुटेका हुन् । गत शनिबारदेखि सुरु भएको पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै गौतमले नेकपा जुटाएरै छोड्ने प्रतिवद्धता जनाए ।

 

शनिबार र आइतबार एकता राष्ट्रिय अभियानका नाममा बैठक राखेका उनले नेकपालाई पुरानै अवस्थामा फर्काएर आफूसमेत सक्रिय राजनीतिमा लाग्ने प्रतिवद्धतता जनाएका छन् ।

 

‘संयोजन समितिले पार्टी एकता वार्ता कमिटी निर्माण गर्ने छ । हामी एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति

 

 

 

 

त्यसैगरी जसपा र राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट र समाजवादी पार्टी तथा समूहसँग पार्टी एकता र कार्यगत एकताको निम्ति वार्ता अगाडि बढाउने छौं,’ राजनीतिक प्रस्तावमा गौतमले भनेका छन्, ‘यदि नेकपा जुटाउन सम्भव नभएमा सम्भव हुन सक्ने पार्टीहरुसँग एकताको प्रस्ताव राख्ने छौं । हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ साल जेठ ३ मा एकीकृत भएको नेकपाको पुनरोदय हुने छ ।’

 

उनले यसरी निर्माण हुने नेकपा नै स्थापनाकालको नेपाल कम्युनिस्ट पार्टीको सच्चा उत्तराधिकारी हुने दाबीसमेत गरे । उनले भनेका छन्, ‘हामी पनि सोही पार्टीमा सगौरव एकीकृत हुनेछौं ।’

 

गौतम प्रदेश र संघको चुनाव अघि सकेसम्म वाम तालमेल मार्फत नेकपा जुटाउने अभियानमा देखिन्छन् । यद्यपि उनलाई यो अभियानमा सफल हुन त्यति सहज देखिँदैन ।

 

अहिलेको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओली एकातिर छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अर्कोतिर फर्किएको अवस्था छ ।

 

उनीहरुलाई मिलाउन तत्काल असम्भव जस्तै छ । त्यस्तो अवस्थामा गौतम आफू वार्तामार्फत नेकपा जुटाएरै छाड्ने ध्याउन्नमा रहने बताएका छन् ।

 

तर, गौतमसँगै निकट भई काम गरेका एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले तत्काल नेकपा मिलाउन सम्भव नभएकाले अन्तिम अवस्थामा गौतम एकीकृत समाजवादीमै आउने दाबी गरे ।

 

‘वामदेव कमरेडको राष्ट्रिय सभामा अझै चार वर्ष छ । यो चुनावमा उहाँ उठ्नु हुन्न । एकता अभियानबाट निर्वाचित हुन गाह्रो छ । यदि चुनाव उठे पनि जित्न सक्ने अवस्था छैन ।

 

सबै तथ्यहरुले वामदेव कमरेड चुनाव लड्नु हुन्न भन्ने नै देखिन्छ,’ कुरा गर्दै बास्कोटाले भने, ‘उहाँ(वामदेव गौतम) यति धेरै सक्रिय नेता हो कि चुनाव अघि नै नेकपा एक बनाउँछु भनेर लाग्नु भएको छ । त्यसमा उहाँको ऊर्जाले काम ग¥यो भने होला, नभए तत्काल नेकपा एक ठाउँमा हुँदैन ।’

 

अन्तिममा गौतमले प्रदेश र संघको चुनावमा एकीकृत समाजवादीलाई नै समर्थन गरेर जाने बास्कोटाले बताए । तत्कालीन नेकपाबाट अलग भएका गौतम पछिल्लो समय निकै कमजोर भएका छन् ।

 

उनलाई लामो समय साथ दिएका नेताहरु समेत कतिपय एमाले र कतिपय एकीकृत समाजवादीमा सक्रिय छन् । नेकपा एकता राष्ट्रिय अभियानमा गौतमलाई दरो साथ दिने प्रभावशाली नेतासमेत छैनन् ।

 

यस्तो अवस्थामा गौतमको प्रस्ताव सुनेर नेकपा एक हुने र उनले एकता गरेर बन्ने पार्टी पनि खासै प्रभावकारी नहुने तत्कालस्न नेकपाका नेताहरु बताउँछन् ।वार्ता सुरु गर्ने छौं ।ई वर्षअगाडि रवि

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय