आइतबार , बैसाख ९, २०८१

भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक भिविश्यलाई लिएर विभिन्न कोणबाट चर्चा परिचर्चा र बहस सुरु भएको छ ।

 

प्रतिनिधीसभाको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने या कुनै स्थापित पार्टीमा लामिछाने प्रवेश गर्न सक्नेछन् भन्ने आम अनुमानका विपरित उनले घण्टी चुनाव चिन्ह प्रस्ताव गरेर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पछि स्वयं उनका शुभचिन्तकहरुले पनि सप्राइज पाएका थिए ।

 

बैकल्पीक राजनिती गर्छु भन्दै राजनितिको मैदानमा छिरेका बावुराम भट्टराई हुँदै रविन्द्र मिश्र र विवेकशिलका रञ्जु दर्शना सम्मको राजनिती पत्तासाफ भएको बेलामा एकाएक नयाँ पार्टी खोलेर बैकल्पीक राजनितीक शक्ति बन्ने उद्घोषका साथ मैदान छिरेका रविले कसरी यो आँट गर्न सकेका छन् भन्ने खोजि पनि सुरु भएको छ ।

 

पार्टी घोषणा कार्यक्रममा आफ्नो राजनितिक यात्रा कठिन भएको तर असम्भव नभएको घोषणा गरेका रविले अझ रोचक कुरा त आफु व्यवस्था परिवर्तन गर्न नभइ नेपाली जनताको अवस्था परिवर्तन गर्न मात्रै राजनितिमा आएको बताएका थिए ।

 

 

व्यवस्था नभइ अवस्था मात्रै परिवर्तन गर्ने भन्ने उनको स्टेटमेन्ट निकै अर्थपुर्ण रहेको छ ।पार्टी घोषणा कार्यक्रममा मूल राजनितीक एजेण्डाहरुमा मौन बसेका लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी देखि राइट टु रिजेक्ट र परिवारवादलाई निषेध सम्म अनी कार्यकर्ता रहित पार्टी देखी ठूला व्यापारीसँग चन्दा नलिने घोषण सम्म गरे तर संघियता , गणतन्त्र र धर्मनिरपेक्षेता जस्ता विषयमा भने आफ्नो पार्टीको धारणा के हुने भन्ने केहि प्रष्ट पारेनन् ।

 

आफ्नो उदेश्य व्यवस्था परिवर्तन गर्ने नभएको भन्ने स्टेटमेन्ट दिए पछि लामिछाने गणतन्त्र , संघियता र धर्मनिरपेक्षेताका बिषयमा प्रतिवद्ध रहेको भनेर पनि कपिपयले विश्लेषण गरेका छन् ।

 

 

गणतन्त्र प्रति उनी प्रतिवद्ध रहेको यहि व्यवस्थाबाट अवस्था परिवर्तन गर्न सकिन्छ भन्ने अभिव्यक्तिले बुझिन्छ भने रविको पार्टीले मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुने मोडल अघि सारेको छ यसबाट उनी संघियताप्रति पनि प्रतिवद्ध रहेको स्वत प्रष्ट भएको छ ।

 

नेपाली समाजमा अर्को पेचिलो बहसको रुपमा रहेका धर्म निरपेक्षताको बिषयमा भने रविको पार्टीको लाइन के हो भन्ने प्रष्ट बुझिएको छैन । समानुपातिक भोटलाई समेत लक्षित गरेर स्वतन्त्र नउठेर पार्टीनै खोलेको भनेका रविले हिन्दु राष्ट्रको एजेण्डा लिएर निर्वाचनमा जान सक्ने अनुमान पनि गरिएको छ ।

 

रवि लामिछानेले प्रस्ताव गरेको स्वतन्त्र पार्टीले धर्मनिरपेक्षेता परिवर्तन गरेर हिन्दु राष्ट्रलाई चुनावी एजेण्डा बनाउँन सक्ने प्रशस्त संकेत मिलेको छ। पार्टी घोषणाका दिन लामिछाने विहानै पशुपतीनाथको दर्शन गर्न पुगेका थिए यसलाई पनि अर्थपुर्णरुपमा हेर्नु पर्ने कपिपय राजनितिक बिश्लेषकहरुको तर्क रहेको छ ।

 

 

रविले हिन्दु धर्मको एजेण्डा लिन सक्ने अर्को पनि संकेत दिएका छन् ।लामिछानेको पार्टीले प्रस्ताव गरेको चुनाव चिन्ह घण्टीले पनि त्यसको संकेत गर्ने विश्लेषण भएको छ ।

 

लामिछानेले प्रस्ताव गरेको चुनाव चिन्ह घण्टी हिन्दु धर्मको प्रतिक हो । बिहानै पशुपतीनाथ गएर पुजा गरेर पार्टी घोषणा गर्ने र पार्टीको चुनाव चिन्ह घण्टी राखेका रविले हिन्दु राष्ट्रको एजेण्डा लिएर चुनावमा होमिएमा अनौठो मान्नु हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय