बिहिबार , बैसाख ६, २०८१

लेखक- हरि प्रसाद भुसाल

पत्रकार सालिकराम पुडासैनीकाे हत्या प्रकरणसंगै नेपालकाे पत्रकारिता जगत एकपटक तात्तिएकाे छ ।

न्युज २४ टेलिभिजनमा संगै काम गरेका पुडासैनीकाे हत्या हाे वा अात्महत्या खुल्न नपाउदै पुडासैनीकाे भिडियाे प्रकरणले घटनाले फरक रुप लिएकाे छ ।
हत्या/अात्महत्या पुर्व पुडासैनीले रेकर्ड गरिएकाे भिडियाेमा किटानीका साथ रवि लामिछाने सहितकाे नाम मुछिएपछी उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिईसकेकाे छ ।

याे परिघटना संगै समाज दुई ध्रुवमा बिभाजित भएकाे छ । केही मान्छेहरु रवि लामिछाने गलत मान्छे भएका कारण कुनैपनि शर्त र बहानामा उनलाई कारवाही गरेर ठेगान लगाउनुपर्ने पक्षमा छन भने अर्काेतर्फ रवि लामिछानेका समर्थकहरु कुनैपनि हालतमा रवी लामीछाने गलत हुन नसक्ने तर्क गरिरहेका छन् ।

याे लेख लेखिरहँदा म पनि याे निष्कर्षमा पुगिसकेकाे छु कि रवि लामिछाने अपराधी नै हुन । रवि किन अपराधी हुन ? किन उनले कारवाही भाेग्नुपर्छ ? याे अालेखमा म केही चर्चा गर्ने प्रयास गरेकाे छु ।

१, पत्रकारिताकाे खाेल भिरेर अमुक नेताकाे भक्तिभजन गाउदै रवि लामिछाने हिडेनन । नेपालकाे संस्कार वनिसकेकाे याे परम्परा ताेड्ने उनी अपराधी नै हुन । उनलाई कारवाही हुनुपर्छ ।

२, पत्रकारिताकाे लाईसेन्स भिरेर बार्गेनिङ गर्दै, कालाेधन थुपार्दै हिडेनन । गुण्डाहरुकाे ठेकेदार बनेनन् । न्युनतम मर्यादा पनि पालना गर्न नसक्ने उनी अपराधी नै हुन । उनलाई कारवाही हुनुपर्छ ।

३, पत्रकारीताकाे लाईसेन्सकाे अाडमा दुतावासहरु धाउने र नेपालकाे ब्रिफिङ गर्ने काम उनले गरेनन । अघाेषित अाचार सहिँता पनि पालना गर्न नसक्ने उनी अपराधी नै हुन । उनलाई कारवाही हुनुपर्छ ।

४, पत्रकार भईसकेपछि एक अर्कालाई भिडाउने, रमिते बन्ने र अस्थिरता निम्ताउनु पर्ने थियाे । राजनितिक दलहरुलाइ भिडाउने द्वन्द निम्त्याउने काममा उनी लाग्न सकेनन् । यसमा पनि उनी चुके त्यसकारण उनी अपराधी नै हुन । उनलाई कारवाही हुनुपर्छ ।

५, स्वघाेषित ठुला पत्रकारहरुकाे भिडमा छिरी राज्यशक्तिकाे व्यापक दुरुपयाेग गर्दै काले काले मिलेर खाउँ भाले भनेजसरी राज्यकाे दाेहन गर्नुपर्ने थियाे । त्याे पनि गरेनन यसर्थ उनी अपराधी नै हुन । उनलाई कारवाही हुनुपर्छ ।

६, मिडियामा अाम जनताकाे पहुँच पुर्याए, कहिँ कतै न्याय नपाए अन्त्यमा रवि छ भन्ने भान दिलाए । जनताकाे पिरमर्का बुझ्न सक्ने मान्छे पत्रकार हुनै सक्दैन । यसर्थ उनी अपराधी नै हुन । उनलाई कारवाही हुनुपर्छ ।

७, मिडियामा ठुला मान्छेहरु ल्याउने, उनिहरुकै चाहना अनुसार अन्तरवार्ता र समाचारहरु तयार पार्ने र त्यही अाडमा ठाउँ ठाउँमा व्ल्याकमेल गर्दै हिड्नुपर्ने थियाे । त्यसाे गरेनन त्यसकारण उनी अपराधी नै हुन । उनलाई कारवाही हुनुपर्छ ।

८, एकखालकाे उचाई चुमिसकेकाे पत्रकार भएर पनि राष्ट्रपति, प्रधामन्त्री र मन्त्रीहरुकाे निजि सचिव बनेर डायरी बाेकेर अघिपछि कुद्न जानेनन् । त्यही अाडमा कमिसन खान सकेनन । खाली जनताका अावाज मात्र बाेल्ने उनी अपराधी नै हुन । उनलाई कारवाही हुनुपर्छ ।

अन्त्यमा, रवि लामिछानेले भनेजस्तै उनी दाेशी ठहरिएमा कानुनमा भएभन्दा दाेव्वर कारवाही हाेस् तर निर्दाेश हुन र उनलाई फसाउन याे जाल बुनिएकाे हाे भने जाल बुन्नेहरुलाई सार्वजनिक स्थानमा उभ्याएर जनताका अगाडि छाेडियाेस् । कस्ताे कारवाही गर्नुपर्छ जनता अाफैले गर्नेछन । अाम जनताले अनुमान गरेजस्ताे रविकाे शाख, ईमान्दारिता र जनपक्षिय पत्रकारिताबाट तर्सिएर धर्मराएकाहरुले पुडासैनीलाई बन्धक बनाएर भिडियाे बनाई रविलाई ठेगान लगाउने सपनामा निर्मम हत्या गरेकै हुन भने जनता चुप लागेेेर सायद नबस्लान । हेक्का रहाेस् ।

चाहे रवि हाेस या कवि । गलत मनसायका साथ गलत काम गर्नेहरु एकदिन कारवाहीकाे दायरामा अाउनैपर्छ । दाेशीहरु उम्कन हुदैन, निर्दाेश फस्न मिल्दैन । निष्पक्ष छानविन हाेस् ।  निष्मापक्षतामा राज्य सचेत बनाेस् । अपराधी बिरुद्द निर्मम बनाेस् । निर्दाेस संग उदार बनाेस । अहिलेलाई यत्ति मात्र कामना गरियाे ।

– २०७६ साउन ३० गते

( लेखकलाई यहाँ क्लिक गरेर सम्पर्क गर्न सकिन्छ )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय