आइतबार , बैसाख ९, २०८१

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघ र प्रदेशको निर्वाचनमा हैसियत र क्षमता हेरेर मात्रै सिट बाँडफाँट गरिने बताउनुभएको छ ।

 

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भन्नुभयो, ‘पार्टीहरुको महत्व आ–आफ्नो ठाउँमा छ । कहाँ कस्को सम्भावना छ त्यहि हेरेर चुनावमा भागबण्डा हुनुपर्छ । आ–आफ्नो हैसियत र क्षमता हेरेर दाबी गरेर र चुनावमा जित्नुपर्छ । गठबन्धनमा आवद्ध दल माओवादी केन्द्रले ६० सिट, नेकपा एसले ४० सिट मागेको प्रसंगमा वरिष्ठ नेता पौडेलले सबै सिट बाँडेर काँग्रेस बनबास जाने भन्दै प्रश्न समेत गर्नुभएको छ ।

 

देशभरको आँकल गरेर कहाँ कस्को जित्ने सम्भावना छ, हैसियत र क्षमता कस्तो छ भन्ने हेरेर, बुझेर मात्रै आगामी चुनावमा सिट बाँडफाँट र उम्मेदवार तय गर्नुपर्ने उहाँले दोहोर्‍याउनुभयो ।

 

वरिष्ठ नेता पौडेलले स्थानीयत निर्वाचनको समिक्षा गर्दै कमिकमजोरीलाई ध्यानमा राखेर अबको निर्वाचनलाई थप व्यवस्थित बनाएर जानेतर्फ पनि जोड दिनुभयो ।

 

‘गएको निर्वाचनमा गठबन्धन व्यवस्थित भएको भए एक/डेढ सय सिट अरु बढ्ने थिए । अबको चुनावमा गठबन्धन व्यवस्थित भयो भने दुई तिहाइ बहुमत अवश्य आउछ ।’ उहाँले भन्नुभयो ।

 

यस्तै वरिष्ठ नेता पौडेलले समाजवादीभित्रैका विभिन्न समस्या, बजेटमाथिको छलफललगायतका कारण मन्त्रीमा सिफारिस नामलाई सपथ गराउन केहि ढिलाइ भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय