आइतबार , बैसाख ९, २०८१

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ ।

 

आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उक्त सभामार्फत मेयर शाहले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना सुनाए ।

 

‘साँस्कृतिक सहर सम्मृद्ध नगर’ मुल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, साँस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए ।

 

स्वतन्त्रबाट मेयर जितेको करिब डेढ महिनामा नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने सौभाग्य पाएका मेयर शाहले नीति तथा कार्यक्रममार्फत काठमाडौं महानगरपालिकालाई पूर्णरुपमा साक्षरता नगरको घोषणा गर्नेदेखि सहरलाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको हबको रुपमा विकास गर्ने समेत घोषणा गरेका छन् ।

 

यस्तै उनले हाल काठमाडौंको बढ्दो सवारी साधन र पार्किङ समस्यालाई मध्यनजर गर्दै काठमाडौं ११ स्थित खुल्लामञ्च छेउको खाली जग्गामा अन्डर ग्राउन्ड पार्किङस्थल बनाउने गरि सम्भाव्यता अध्ययन गर्नेदेखि स्थानीय नेवारी पेय पदार्थ (रक्सी) लाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्नेसम्म कार्यक्रम अघि सारेका छन् ।

 

यस्ता छन् काठमाडौं महानगरका नीति तथा कार्यक्रम

 

काठमाडौंको फोहोर मैला व्यवस्थापनको दिगो र व्यवस्थित उपायको खोजी गरिने

स्वच्छ र पर्यावरणीय सहर बनाउने

जनतासँग प्रत्यक्ष जोडिनेगरी वडाको स्तरोन्नती र सुधार गरिने

सडक सञ्जाल, खानेपानी ढलको सुव्यवस्थापन गरिने

विपी कोइराला मेमोरियल ट्रस्ट अनुसन्धान केन्द्र भवन निर्माणका लागि ३ करोड, मदन भण्डारी मेमोरियल कलेज निर्माणका लागि ५ करोड, नेशनल हेल्थ चाइल्ड केयर अस्पताल भवन निर्माणका लागि ४ करोड, क्षेत्रपाटी निःशुल्क अस्पताल निर्माणका लागि ५ करोड रुपैयाँको व्यवस्था गरिने

भगिनी सम्बन्ध कायम भएका डडेल्धुरा अमरगढी र धनकुटाको पाख्रीबासको पर्यटन विकास एवं विस्तारका लागि १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगको व्यवस्था गरिने

मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकालाई विपद् व्यवस्थापनका लागि क्रमशः २ करोड ५० लाख र ५० लाख उपलब्ध गराइने

काठमाडौं महानगरलाई साक्षर महानगर घोषणा गरिने

महानगरभित्रका हस्पिटल, क्लिनिक तथा स्वास्थ्य चौकीहरुलाई सहरी स्वास्थ्य केन्द्रको रुपमा विकास गरिने

अग्रणी होटल पर्यटन तथा भोजनालयहरूलाई प्राविधिक सहयोग गर्ने

पूर्वाधार एम्बुलेन्सलाई निरन्तरता दिने र आवश्यक सामाग्रीको व्यवस्था गर्ने

सार्वजनिक यातायातका प्रतिक्षालयहरुमा परम्परागत फल्चाको व्यवस्था गरिने

महानगरपालिकाभित्र डबली तथा एम्पी थिएटरहरूको निर्माण गरिने

विश्व सम्पदा सूचीमा परेका महानगरभित्रका मठमन्दिर तथा स्तुपा, चैत्यहरुलाई संक्षण र प्रवद्र्धन गरिने

काठमाडौं महानगरपालिकालाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन केन्द्रको रुपमा विकास गरिने

परम्परागत धार्मिक तथा एैतिहासिक धरोहरलाई नेपाल भाषामार्फत नामकरण गरिने

नेवारी उत्पादनको पेय पदार्थलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने

महानगरपालिका भित्रका सबै कार्यालयहरूमा सीसीटीभीको व्यवस्था गरिने

हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रम राखी जनसरोकारका विषयमा संवाद गरिने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय