शुक्रबार , चैत्र १६, २०८०

पहिलो अपडेट / साउन ३०, अर्घाखाँची

धारीलो हतियार प्रहार गरी फरर रहेका जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ७ निवासी चिरन घर्ती पक्राउ परेका छन् ।

श्रीमती सालो र सासुलाई धारीलो बस्तु प्रहार गरी गम्भिर घाईते बनाएपछि फरार रहेका घर्ती सन्धिखर्क नगरपालिका वडा नं. १० बाट पक्राउ परेका हुन् ।

आफु धरम्पानीमा रहेको भन्दै साथीहरुलाई लिन बोलाएपछि उनी त्यहाँ रहेको खवर प्रहरीसमक्ष पुगेको थियो । खवर पाउनासाथ प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरी टोलीले निज घर्तीलाई नियन्त्रणमा लिएको भूमिकास्थान नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । घर्ती विरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

घर्तीको खुकुरी प्रहारबाट यही साउन २७ गते श्रीमती १८ वर्षीया गीता घर्ती, सासु ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएका थिए । घाइते तीनैजनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय