आइतबार , बैसाख ९, २०८१

ओलीले प्रधानमन्त्री भएका बेला गरेको कामको उच्च मूल्यांकन गर्दैै राष्ट्रपिता घोषणा गर्नु पर्ने माग थापाले गरेका छन् । समकालिन नेपालको राजनितिमा ओली जत्तिको देशप्रेमी र राष्ट्रवादी नेता अरु कोही नभएको भन्दै थापाले यस्तो माग गरेका हुन् ।

 

ओटिभि नेपाल डटकमसँग कुराकानी गर्दै थापाले ओली प्रधानमन्त्री भएका बेला नेपालको नक्सानै परिवर्तन गरिदिएको स्मरण गराउँदै लिम्पीयाधुरा र लिपुलेक समेटिएको नक्सा जारी गर्ने काम ओली बाहेक अरु कसैले गर्न नसक्ने जिकिर गर्दै आफ्नो लागी ओली राष्ट्रपिता भएको बताएका छन् ।

 

सर्वोच्च अदालतको परमादेशबाट बनेको देउवा सरकार माथी भने उनी खनिएका छन् । अहिलेको सरकारलाई जनतामारा सरकार भन्दै थापा खनिएका छन् । यो सरकारको रबैयाका कारण गरिब जनताले भोकै मर्नु पर्ने अवस्था आएको भन्दै उनले आक्रोस पोखेका छन् ।

 

नेकपा एमाले विभाजन गरेर माधव कुमार नेपालले गद्दारी गरेको भन्दै थापाले एस पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग पनि आक्रोस पोखेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको त नेपाली राजनितिबाट अस्तित्वनै समाप्त भएको जिकिर पनि उनले गरेका छन् ।

 

मूलुकमा अब दुई दलको मात्रै अस्तिव रहने भन्दै थापाले अब सबैले कित एमाले कित काग्रेस बन्नुको विकल्प नभएको दाबी गरेका छन् । पूर्व संचारकर्मी रवि लामिछानेले हालै घोषणा गरेको पार्टीले पनि केहि पार लगाउँन नसक्ने ठोकुवा उनले गरेका छन् ।

 

रवि लामिछानेको पार्टीको आयु जम्मा ७ बर्षको हुने ठोकुवा गदैै थापाले आगामी प्रतिनिधीसभाको निर्वाचनमा रवि लामिछानेको पार्टीले उत्पातै गरे जम्मा एक सिट जित्ने दाबी गरेका छन् । टिभिमा कराए जति सजिलो राजनिती गर्न नहुने भन्दै उनले रवि लामिछानेलाई पाठ पढाएका छन् ।।।

 

र यो पनि

 

सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयद्वारा आयोजित विदाइ कार्यक्रममा भावुक बनेकी छन्। मन्त्रालयका कर्मचारीहरु बोल्दैगर्दा मन्त्री झाँक्री आँशु पुछिरहेकी थिइन्।

 

आँशु पुच्छै झाँक्रीले भनिन्, ‘एकदमै गाह्रो भयो म कमजोर मान्छे।’ आँशु पुछ्दैगर्दा मन्त्रालयका सचिवले ‘यत्तिको एक्सेस भएको मन्त्री पाउन गाह्रो छ। उहाँको कार्यकालमा राम्रो व्यवस्थापन भएको छ’ भन्दै ढाड्स दिएका थिए।

 

सञ्चारकर्मीसँगको प्रश्नोत्तरमा पनि उनले जम्मा दुइटा प्रश्न सोध्न आग्रह गरिन्। उनले सञ्चारकर्मीलाई आग्रह गर्दै भनिन्, ‘मलाई अलि रिस उठ्ने प्रश्न सोध्नुस्। अलि हल्का हुन्छ कि।’

 

केही सञ्चारकर्मीले प्रश्न सोधे पनि उनले आफूले बोल्नै नसक्ने भन्दै आग्रह गरिन्। ‘म बोल्नै सक्दिनँ। मलाई बोल्न गाह्रो भयो,’ उनले भनिन्, ‘म इमोशनल मान्छे। इग्नोर गर्‍यो भन्नुहोला।’

पार्टीमा ठूलो रस्साकस्सीका बाीच शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि राजिनामा दिने हुनुभएको छ । त्यसका लागि केहीबेर मै पत्रकार सम्मेलन आयोजना गर्न लागिएको उहाँको सचिवालयले जनाएको छ ।विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्ने जनाउ दिनुभएको छ । पर्यटनमन्त्री प्रेम आलेले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसक्नु भएको छ ।

 

 

 

पर्यटनमन्त्री आलेको राजीनामा पत्र पार्टी अध्यक्ष नेपालको खल्तीमा

 

 

 

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाउनुभएको छ ।

 

 

 

पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाउनुभएको अध्यक्ष नेपालनिकट स्रोतले जनाएको छ । ुकरिब साढे ११ बजेतिर आले पार्टी कार्यालय आउनु भएको थियो । अध्यक्षलाई राजीनामा बुझाउनु भएको छ,ु नेपाल निकट स्रोतले भन्यो।

 

 

 

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताउनुभएको थियो।

 

 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको जानकारीजेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

 

मन्त्रीको राजीनामा मेरो गोजीमा छ, नयाँको आजै सपथ हुन सक्छ : माधव नेपाल

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय