आइतबार , बैसाख ९, २०८१

सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयद्वारा आयोजित विदाइ कार्यक्रममा भावुक बनेकी छन्। मन्त्रालयका कर्मचारीहरु बोल्दैगर्दा मन्त्री झाँक्री आँशु पुछिरहेकी थिइन्।

 

 

 

आँशु पुच्छै झाँक्रीले भनिन्, ‘एकदमै गाह्रो भयो म कमजोर मान्छे।’ आँशु पुछ्दैगर्दा मन्त्रालयका सचिवले ‘यत्तिको एक्सेस भएको मन्त्री पाउन गाह्रो छ। उहाँको कार्यकालमा राम्रो व्यवस्थापन भएको छ’ भन्दै ढाड्स दिएका थिए।

 

सञ्चारकर्मीसँगको प्रश्नोत्तरमा पनि उनले जम्मा दुइटा प्रश्न सोध्न आग्रह गरिन्। उनले सञ्चारकर्मीलाई आग्रह गर्दै भनिन्, ‘मलाई अलि रिस उठ्ने प्रश्न सोध्नुस्। अलि हल्का हुन्छ कि।’

 

केही सञ्चारकर्मीले प्रश्न सोधे पनि उनले आफूले बोल्नै नसक्ने भन्दै आग्रह गरिन्। ‘म बोल्नै सक्दिनँ। मलाई बोल्न गाह्रो भयो,’ उनले भनिन्, ‘म इमोशनल मान्छे। इग्नोर गर्‍यो भन्नुहोला।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय