बुधबार , बैसाख १२, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय चुनावमा व्यस्त भएका कारण भ्रातृ संस्था र विभागले पूर्णता पाउन ढिलाइ भएको बताएका छन् ।

 

 

विभाग र भातृ संस्थाको चाबी सभापति शेरबहादुर देउवासँग रहेको बताउँदै थापाले आगामी सातासम्म यी काम पूरा हुने र कांग्रेसले गति लिने बताए ।हामी ६ महिनामा गर्नुपर्ने काम गर्न चुक्यौँ। तर, ८–१० दिनभित्रै सबै काम टुंग्याउँ भन्ने हाम्रो प्रयास छ’

 

 

महामन्त्री थापाले नेपालखबरसँग भने, ‘वैशाखको ४–५ गतेदेखि हामी लगातार चुनावमै व्यस्त भयौँ। चुनावको लगत्तै हामी बाँकी कुरा टुंग्याउने तयारीमा थियौँ, सभापतिजीलाई शोक पर्यो। १४–१५ दिन हाम्रा सबै गतिविधि रोकिए।’

 

यसैबीच कांग्रेसको १४ औं महाधिवेशन सकिएको ६ महिना बित्दा पनि विभाग र भातृ संगठनले पूर्णता नपाएको भन्दै नेतृत्वको आलोचना हुन थालेपछि शुक्रबार सभापति शेरबहादुर देउवाले केही विभाग र भातृ संगठन बनाएका छन् ।

 

 

देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा मनोनयन गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय