आइतबार , बैसाख ९, २०८१

पार्टीमा ठूलो रस्साकस्सीका बाीच शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि राजिनामा दिने हुनुभएको छ । त्यसका लागि केहीबेर मै पत्रकार सम्मेलन आयोजना गर्न लागिएको उहाँको सचिवालयले जनाएको छ ।

 

विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्ने जनाउ दिनुभएको छ । पर्यटनमन्त्री प्रेम आलेले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसक्नु भएको छ ।

 

पर्यटनमन्त्री आलेको राजीनामा पत्र पार्टी अध्यक्ष नेपालको खल्तीमा

 

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाउनुभएको छ ।

 

पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाउनुभएको अध्यक्ष नेपालनिकट स्रोतले जनाएको छ । ुकरिब साढे ११ बजेतिर आले पार्टी कार्यालय आउनु भएको थियो । अध्यक्षलाई राजीनामा बुझाउनु भएको छ,ु नेपाल निकट स्रोतले भन्यो।

 

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताउनुभएको थियो। एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको जानकारी दिनुभएको थियो ।

 

जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय