आइतबार , बैसाख २, २०८१

काठमाडौं । पत्रकार सम्मेलन आयोजना गरेर आइतबारशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् । केही बेरमै पत्रकार सम्मेलन गरेर मन्त्री झाँक्रीले राजीनामा दिन लागेको बताइएको छ

 

 

मन्त्री झाँक्रीअघि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।

 

 

 

पार्टीले झाँक्री र आलेसहित ४ जनालाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भएको छ

 

 

 

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले पनि स्थानीय तह निर्वाचनलगायतका विषयहरुमा व्यस्त हुनु परेका कारण तोकिएको समयावधिमा विभाग गठन हुन नसकेको प्रतिक्रिया दिए। ‘हामी विभाग गठनकै विषयमा छलफलमा छौँ। यो बीचमा स्थानीय तह निवाृचनदेखि धेरै कुराहरुमा व्यस्त थियौँ,’ उनले भने, ‘चाँडै बैठक बोलाउँछौँ।’

 

सहमहामन्त्री आङ्देम्बेले अब कुनै पनि बहानामा विभाग गठनमा ढिलाई नहुनेसमेत दाबी गरे। ‘यो वा त्यो बहानामा विभाग गठन पछाडि धकेल्ने भन्ने हुँदैन,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीजी नै यो विषयमा पोजेटिभ हुनुहुन्छ।’ आङ्देम्बेले विभाग गठनमात्रै नभएर नीति अधिवेशन गर्ने र रिक्त रहेका भ्रातृ संगठनहरुका तदर्थ समिति गठन गरेर पार्टीलाई चलायमान बनाउने पनि जिकिर गरे।

 

‘विभागमात्रै होइन, भ्रातृ संगठनहरु पनि पूर्ण हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘महाधिवेशनबाट नेतृत्व मात्रै चयन भएको हो। नीति अधिवेशन गरेर पार्टीलाई चुस्त दुरुस्त बनाउँछौँ भनेर हामी सबैले भनेका हौँ। अब यो सबै चाँडै हुन्छ। यी सबै विषयमा ध्यानाकर्षण भएको छ।’

 

कांग्रेसका प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था गरिएको छ। विधानले केन्द्रीय सभापतिलाई विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यहरूको नियुक्ति गर्ने अधिकार प्रत्यायोजन गरेको छ।

 

विभागका उपप्रमुख, सचिव सदस्यमा मनोनयन हुन कांग्रेसको क्रियाशील सदस्य हुनु पर्दछ भने प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्यलाई दिने गरिन्छ। उपप्रमुख, सचिव र सदस्यहरूको मनोनयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्ने विधानमा उल्लेख छ। विधानमा भनिएको छ, ‘विभागमा मनोनयन गर्दा पार्टी सदस्यहरूको रुचि, विज्ञता, अनुभव र पार्टीमा पुर्याएको योगदानलाई आधार बनाइने छ।’

 

कोषाध्यक्ष पनि बाँकी

देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति चयन भएको ६ महिना पुगिसक्दा पनि कांग्रेसले केन्द्रीय कोषाध्यक्ष पाउन सकेको छैन।

 

कांग्रेसमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुबाट एक जनालाई सभापतिले कोषाध्यक्ष

 

का लागि सिफारिस गर्नुपर्ने हुन्छ। ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य मध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक,’ कांग्रेसको विधानको धारा २१ (४) मा भनिएको छ।

 

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यो ६ महिनामा गरेको पार्टीको कामका लागि कति नम्बर दिँदा ठीक होला ? योचाहिँ स्वयं कांग्रेसकै नेता–कार्यकर्ताले मूल्यांकन गर्ने विषय हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय