आइतबार , बैसाख २, २०८१

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले बिजेताको प्रमाणपत्र बुझेको ६ महिना पुगेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि पार्टी सभापतिमा विजयी भएको प्रमाणपत्र बुझेको आज शुक्रबार ठीक ६ महिना पुगेको हो।

 

केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगै गत माघ १० गते पार्टी कार्यालय सानेपामा आयोजित समारोहमा केन्द्रीय निर्वाचन समितिबाट विजयी भएको प्रमाणपत्र बुझेका थिए।

 

दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएको ६ महिना पूरा हुँदा पनि प्रधानमन्त्री देउवाले पार्टीमा गठन गर्नुपर्ने विभाग तथा समितिहरुलाई पूर्णता दिन सुरुवातसम्म गरेका छैनन्।

 

कांग्रेसको विधानमा पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग तथा समितिहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने व्यवस्था छ। विधानको धारा ६० मा भनिएको छ, ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग÷समिति÷विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नु पर्नेछ।’

 

देउवाले १३ औँ महाधिवेशनबाट पहिलो पटक सभापतिमा निर्वाचित हुँदा पनि कार्यकाल समाप्त हुँदा विभागहरु गठन गरेका थिए। २०७२ फागुनमा सम्पन्न १३ औँ महाधिवेशनको नियमित चार वर्षीय कार्यकाल सकिनु दुई दिन अघि अर्थात २०७६ फागुन १७ गते विभागहरु गठन गर्न सुरु गरेका थिए।

 

१४ औँ महाधिवेशनमा लागि विधान संशोधन हुनुअघि त्यो बेला महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै विभाग तथा समितिहरु गठन गर्नुपर्ने विधानमा व्यवस्था गरिएको थियो। दुई महिनाभित्र गर्नुपर्नेलाई देउवाले नियमति कार्यकाल पूरा हुनुभन्दा दुई दिनअघिमात्र गर्न सुरु गरेका थिए।

 

त्यो बेला ४७ मध्ये उनले १३ विभागमा प्रमुखहरु मनोनित गरेका थिए। तत्कालीन समयमा पार्टीभित्रको आन्तरिक किचोलो र भागबण्डा नमिल्दा समयमै विभागहरु गठन गर्न कठिनाइ भएको भन्दै संस्थापन पक्षीय नेताहरुले ‘फेस सेभिङ’ गर्ने गरेका थिए।

 

१४ औँ महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार विभागको संख्या ४३ बाट घटाएर २८ र गठन गर्नुपर्ने समयावधि २ महिनाबाट बढाएर ६ महिना बनाइएको छ। तर, पनि विधानले तोकेको समयावधिभित्र सभापति देउवाले विभाग गठनमा चासो नदेखाएको पाइएको छ।

 

तर, कांग्रेस पदाधिकारीहरु विधानमा गरिएको व्यवस्थाअनुसार समयमै विभागहरु गठन नहुनुमा सभापति देउवाले चासो नदेखाएको आरोप स्वीकार्न भने तयार देखिँदैनन्। उपसभापति धनराज गुरुङ सरकार सञ्चालनका लागि सभापति व्यस्त भएका कारण विभाग गठनमा ढिलाइ भएको तर्क गर्छन्।

 

‘हाम्रो सभापति प्रधानमन्त्री पनि हुनुहुन्छ। यो बीचमा एकपछि अर्को ईस्युहरु आए। उहाँको कार्यव्यस्तताले यो अवस्था आएको हो,’ उनी भन्छन्। उपसभापति गुरुङले १–२ दिन तलमाथि भए पनि छिट्टै विभागहरु गठन हुने पनि जिकिर गरे। ‘१–२ दिन तलमाथि होला,’ उनले नेपालखबरसँग भने, ‘तर, हामी छिट्टै विभागहरु गठन गर्छौँ।’

 

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले पनि स्थानीय तह निर्वाचनलगायतका विषयहरुमा व्यस्त हुनु परेका कारण तोकिएको समयावधिमा विभाग गठन हुन नसकेको प्रतिक्रिया दिए। ‘हामी विभाग गठनकै विषयमा छ

 

 

 

 

 

 

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले पनि स्थानीय तह निर्वाचनलगायतका विषयहरुमा व्यस्त हुनु परेका कारण तोकिएको समयावधिमा विभाग गठन हुन नसकेको प्रतिक्रिया दिए। ‘हामी विभाग गठनकै विषयमा छलफलमा छौँ। यो बीचमा स्थानीय तह निवाृचनदेखि धेरै कुराहरुमा व्यस्त थियौँ,’ उनले भने, ‘चाँडै बैठक बोलाउँछौँ।’

 

सहमहामन्त्री आङ्देम्बेले अब कुनै पनि बहानामा विभाग गठनमा ढिलाई नहुनेसमेत दाबी गरे। ‘यो वा त्यो बहानामा विभाग गठन पछाडि धकेल्ने भन्ने हुँदैन,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीजी नै यो विषयमा पोजेटिभ हुनुहुन्छ।’ आङ्देम्बेले विभाग गठनमात्रै नभएर नीति अधिवेशन गर्ने र रिक्त रहेका भ्रातृ संगठनहरुका तदर्थ समिति गठन गरेर पार्टीलाई चलायमान बनाउने पनि जिकिर गरे।

 

‘विभागमात्रै होइन, भ्रातृ संगठनहरु पनि पूर्ण हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘महाधिवेशनबाट नेतृत्व मात्रै चयन भएको हो। नीति अधिवेशन गरेर पार्टीलाई चुस्त दुरुस्त बनाउँछौँ भनेर हामी सबैले भनेका हौँ। अब यो सबै चाँडै हुन्छ। यी सबै विषयमा ध्यानाकर्षण भएको छ।’

 

कांग्रेसका प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था गरिएको छ। विधानले केन्द्रीय सभापतिलाई विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यहरूको नियुक्ति गर्ने अधिकार प्रत्यायोजन गरेको छ।

 

विभागका उपप्रमुख, सचिव सदस्यमा मनोनयन हुन कांग्रेसको क्रियाशील सदस्य हुनु पर्दछ भने प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्यलाई दिने गरिन्छ। उपप्रमुख, सचिव र सदस्यहरूको मनोनयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्ने विधानमा उल्लेख छ। विधानमा भनिएको छ, ‘विभागमा मनोनयन गर्दा पार्टी सदस्यहरूको रुचि, विज्ञता, अनुभव र पार्टीमा पुर्याएको योगदानलाई आधार बनाइने छ।’

 

कोषाध्यक्ष पनि बाँकी

देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति चयन भएको ६ महिना पुगिसक्दा पनि कांग्रेसले केन्द्रीय कोषाध्यक्ष पाउन सकेको छैन।

 

कांग्रेसमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुबाट एक जनालाई सभापतिले कोषाध्यक्ष

 

का लागि सिफारिस गर्नुपर्ने हुन्छ। ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य मध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक,’ कांग्रेसको विधानको धारा २१ (४) मा भनिएको छ।

 

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यो ६ महिनामा गरेको पार्टीको कामका लागि कति नम्बर दिँदा ठीक होला ? योचाहिँ स्वयं कांग्रेसकै नेता–कार्यकर्ताले मूल्यांकन गर्ने विषय हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय