बिहिबार , बैसाख १३, २०८१

पहिलाे अपडेट / साउन २९, अर्घाखाँची

अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं १ काे बसपार्कबाट नाटकिय ढंगले बाईक चाेरी गरि फरार रहेका एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

बैतडीका राेचक बिककाे बाईक चाेरी गरि फरा भएका गुल्मी मालीका गाउँपालिका वडा नं. ६ अर्जे बस्ने ३० वर्षिय राजु भन्ने भिम बहादुर बि.क. लाई मदाने गाउँपालिका वडा नं ६ मा माेटरसाईकल बेच्नकाे लागि माेलमलाई गरिरहेकाे अवस्थामा प्रहरिले नियन्त्रणमा लिएकाे हाे ।

नाटकिय ढंगले बाईक चाेरी गरि भागेका बिकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय गुल्मीकाे संयुक्त प्रयासमा नियन्त्रणमा लिईएकाे हाे ।

माेटरसाईकल सहित नियन्त्रणमा लिएका बिकलाइ चाेरी कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय