शुक्रबार , बैसाख ७, २०८१

लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने तयारी गरेका छन् ।

 

टेलिभिजन कार्यक्रममार्फत राजनीतिक आर्थिक सामाजिक क्षेत्र विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमासमस्यामा परेकाहरुलाई सोही कार्यक्रममार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा लागेर देश बनाउने सोच बनाएको उनकै एक सहयोगीले बताए ।

उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलि भिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्ररुपमा चुनाव उठ्ने तयारीमा छन् । लामिछाने काठमाडौंकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

 

यदि दलबाट चुनाव लडिहाले पनि जनताको नजरमा बदनाम भइसकेका दलहरुबाट चुनाव नलड्ने उनको योजना रहेको छ । लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय पनि छ ।चुनाव घोषणा नहुँदै उम्मेदवारीको होड : पुकार बमदेखि रञ्जु दर्शना र मानुषी यमीसम्म काठमाडौंमा लड्नेप्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आगामी मंसिर वा फागुन कुन महिनामा गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

 

चुनावको मिति तय नहुँदै काठमाडौंमा भने उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । खासगरी साना दल तथा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारीको घोषणा गर्न थालेका छन् ।उम्मेदवारी घोषणा गर्ने कतिपयले सामाजिक सञ्जालबाट डिजिटल पोष्टर बनाएर चुनावी अभियान नै अगाडि बढाउन थालेका छन् । स्थापित दलका तर्फबाट कुनै तयारी नभइरहेका बेला साना दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरुले चुनावी माहोल बनाउने काम सुरु गरिसकेका हुन् ।

 

काठमाडौं क्षेत्र नम्बर १ मा पुकार बमको उम्मेदवारीकाठमाडौं क्षेत्र नम्बर १ का लागि विवेकशील दलबाट पुकार बमले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार थालेका छन् । उनी यतिबेला समाजिक सञ्जाल तथा मिडियाहरुमा आफ्नो चुनावी अभियानको प्रचारका लागि व्यस्त हुन थालिसकेका छन् ।

 

राजनीतिक शास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका कैलालीका बम ‘नेपाल बन्द’ विरोधी अभियन्तामध्ये एक हुन् । डा. गोविन्द केसीले उठाएका माग पूरा गराउन तथा उनको अनसनलाई सफल बनाउन पनि उनले भूमिका खेलेका थिए ।

 

 

पैसा लगानी नगरे पनि चुनाव जित्न सकिन्छ भन्ने देखाउन चुनाव घोषणा अघि नै उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । उनले भने, ‘पुकार बमले ६ महिना अघि नै उम्मेदवारी दिनु भनेको पैसा बिना चुनाव जित्न सकिन्न भन्ने परम्परागत पार्टीको गलत व्याख्या विरुद्धको कदम पनि हो ।अबको केही महिना जनताको घर धाउने हो ।

 

उहाँहरूको परे गाली पनि खाने हो । विगतमा गरेको काम र भविष्यमा गर्ने काम जनता समक्ष भन्ने हो र चुनाव जित्न करोडौँ पैसा लाग्दैन भन्ने सन्देश पनि दिने हो ।’उनले आफ्नो उद्देश्य अहिलेको बेथितिविरुद्ध लड्ने र जनताले पाउने सेवालाई सरल बनाउने रहेको बताए ।

 

उनले भने, ‘अहिलेको यो बेथितिविरुद्ध हामी लड्ने हो र लड्नुपर्छ । हामीले नै हो यो फोहोर सफा गर्ने र अघि बढ्ने । तसर्थ, चुनाव प्रक्रियालाई सफा बनाऔँ र सदनमा देश बनाउने युवाको प्रतिनिधित्व गर्न मेरो उम्मेदवारीलाई साथ दिऔं ।

 

 

सडकबाट आवाज र क्रान्ति धेरै गरियो । अब सदनबाट आवाज, क्रान्ति र डेलिभरीको पालो ।’यसअघि २०७४ सालको प्रतिनिधि सभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा काँग्रेसका प्रकाशमान सिंह १० हजार ९ सय ३६ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी तत्कालीन साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले १० हजार ११८ मत पाएका थिए ।

 

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी एवं जनता समाजवादी दलकी नेतृ मानुषी यमी भट्टराई काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने योजनामा छिन् । त्यसका लागि उनले प्रारम्भिक तयारी थालिसकेकी छिन् ।उनले भने, ‘क्षेत्र नम्बर ५ बाट स्वतन्त्र पृष्ठभूमि तथा जसपाका युवा साथीहरु भेट्न आउनुभएको थियो । छलफलमा तपाई चुनाव लड्नुस्, हामी साथ दिन्छौँ भन्ने प्रस्ताव राख्नुभएको छ । मानुषीजी पनि यसमा सकारात्मक हुनुहुन्छ ।

 

अब क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने कि ७ बाट भन्ने कुराको निर्णय गर्न बाँकी छ । यो निश्चित भएसँगै हामी चुनावको तयारी गरेर अघि बढ्छौँ ।’आफ्नो लागि जित निकाल्न कुन क्षेत्र सहज हुन्छ, त्यसको हिसाबमा मानुषी लागिपरेकी छन् । क्षेत्र नम्बर निश्चित गरेसँगै चुनावी अभियान सुरु गरिहाल्ने उनको तयारी छ ।काठमाडौं क्षेत्र नम्बर ५ मा बाम गठबन्धनबाट एमालेका ईश्वर पोखरेल २३ हजार २९ मत पाएर विजयी भएका थिए ।

 

उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका प्रकाश शरण महतले १३ हजार १६९ मत पाएका थिए ।यता काठमाडौं क्षेत्र नम्बर ७ मा बाम गठबन्धनबाट एमालेका रामवीर मानन्धर १८ हजार १०२ मत पाएर विजयी भएका थिए ।

 

उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत पाएका थिए ।यस्तै काठमाडौं क्षेत्र नम्बर ६ बाट गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका श्रेष्ठले पार्टीले टिकट दिएमा पार्टीको तर्फबाट अन्यथा स्वतन्त्र रुपमा भए पनि उम्मेदवारी दिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय