बिहिबार , बैसाख १३, २०८१

अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिका, ७ को नुवाकोटमा खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन् । ससुराली पुगेका चिरन घर्तीले श्रीमती, सासु र सालोलाई खुकुरी प्रहार गरेका हुन ।

खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासु ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएका हुन् । घाइते तीनैजनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

घटना किन र केका लागि घट्यो भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार घर्तीको खोजी भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय