शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

। नेपालका बिसे चौबिसे राज्यका एकीकरणकर्ता भनिएका पृथ्वीनारायण शाह एक काल्पनिक पत्र मात्रै हुन् भन्दा हर नेपालीलाई बिश्वास नै नलाग्न सक्छ तर एक युवाले राष्ट्रनिर्माता पृथ्वीनारयाण शाह नै नभएको र उनी काल्पनिक पात्र मात्र भएको तर्क प्रस्तुत गरेका छन् ।

 

 

भोजपुर घर भई हाल काठमाडौँमा बसेर दिनदिनै राजनैतिक चर्चा परिचर्चा गर्ने उनले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेका हुन् भने भ्रम छर्ने कार्य मात्र भएको टिप्पणी गरेका छन् ।

 

 

सन् १९५० को सन्धीबाट ग्रेट ब्रिटेन टुक्रेर नेपाल भएको उनले बताए ।राष्ट्र निर्माता पृथ्वीनारायण शाह भनिन्छ तर राष्ट्रपिता त्रिभुवन रे यसैमा कुरा बाझेको छ –उनले भने पुराना अधिकांश घटना र प्रमाण हेर्दा पक्कै पनि शाहले त्यति लामो समयदेखि योगदान दिएजस्तो लाग्दैन ।

 

 

 

राष्ट्रपिता र राष्ट्रनिर्माता अलग अलग हुनु बिबादास्पद रहेको उनले बताए ।भारतका नापी विभागका महानिर्देशक सर जर्ज एभरेष्टको नाममा नै नेपालको हिमालको नाम माउन्ट एभरेष्ट रहेको उनको तर्क छ । इतिहासमा पृथ्वीनाराण शाहको जन्म वि।स १७७९ मा भएको उल्लेख छ र महेन्द्रको वि।सं १९७७, महेन्द्रको जन्ममितिको अंक यताउती पारेर पृथ्वीनारायणको शाहको जन्म १७७९ मा भएको भनिएको उनको तर्क छ ।

 

 

 

रामायण कथामा भएकी रामकी आमाको नाम र पृथ्वीनारायण शाहको आमाको नाम कौशल्या हुनु पनि शङ्काको घेरामा छ । उनले इतिहासलाई मिलाउन अनेक प्रयास गरिएको बताएका छन् ।

१० पुस्ताको भएको शाहको जनसङ्ख्या काठमाडौँमा नभएको भन्दै उनी भन्छन् शाहको त्यत्रो इतिहास भएको भए यहाँ किन नेवारहरुको मात्रै जनसङ्ख्या बढी हुन्थ्यो ? यहाँ पनि बुझ्नुपर्ने कुरा छ त्रिभुवनको जन्म र प्रजातन्त्र आएको मिति पनि मिल्न गएको छ, त्रिभुवनको जन्म १९६३ फाल्गुन ७ गते भएको भनिएको छ, यता नेपालमा पनि २००७ साल फाल्गुन ७ गते प्रजातन्त्र आएको छ ।

त्रिभुवनको छोरा महेन्द्रको जन्म वि.सं. १९७७ साल जेठ ३० गते भएको उल्लेख छ । यसरी हेर्दा बाबु र छोरोको उमेरमा १४ वर्षको मात्र अन्तर छ १४ वर्षमा कसरी त्रिभुवनले छोरा पाए होलान् ? मुकुन्द प्रश्न गर्छन् ? यही प्रसङ्ग गंगालाल श्रेष्ठले पहिले पनि उठाएको थिए ।

 

 

विंसं २०११ सालमा सुभेच्छुकहरुबाट ४५ हजार रुपैया भेला पारी बेलायतमा श्रीपेज बनाउन अडर दिएको तथ्य बाहिर आएको बेला विंसं १८३१ मा नै मृत्यु भएका पृथ्वीनारायण शाहको शिरमा कसरी श्रीपेच रह्यो भन्ने कुरा पनि विवादास्पद रहेको छ ?

 

 

डिल्लीबजारमा भोजन गृह चलाउँदै आएका भरत बस्नेतको फोटोमा नै श्रीपेच हालिएको चर्चा चलेको छ । पृथ्वी नारायण शाह सम्बन्धी हुने धेरैजसो कार्यक्रम पनि भोजन गृहमै हुने गरेको छ भने अन्यत्र भएका कार्यक्रमलाई पनि बस्नेतले सहयोग गर्दै आएको जनाइएको छ ।

 

 

 

राजेन्द्रलक्ष्मीदेवीको तस्बिर भने छाउनीमा रहेको संग्रालयमा क्यान्टिन चलाउने महिलाको भएको हल्लि खल्लि चलेको छ ।भारतमा गान्धीले चलाएको दिव्यसन्देशको नेपाली अनुवाद नै दिव्योपदेश भएको मुकुन्दले बताए ।

 

 

सन्देशलाई यहाँ ल्याएर उपदेश भनिएको छ । अरू केही फरक छैन उनले भने पृथ्वीनारायण शाहले मेरो साना दुःखले आज्याको मुलुक हैन भनेको कुरा पनि महेन्द्रले बल्लतल्ल लेखेका हुन् । जुन अहिले पढ्न पाइन्छ । ती पृथ्वीनारायण भन्ने को हुन् र कस्ता थिए भन्ने अझैपनि खोजीको विषय बनेको छ

 

 

राजधानीको केन्द्रविन्दु रत्नपार्कको बारेमा थाहा भएकाहरुको लागि मुकुन्दे नयाँ नाम हैन ।रत्नपार्कको एक रुखमा चढेर भाषण गरिरहेको मान्छे र उसको भाषण सुन्नलाई लालयित भएर बसेका मानिसहरू केही समयअगाडीसम्म मुकुन्दको परिचय यही नै थियो ।

 

 

 

तर अहिले मुकुन्देको परिचय फेरिएको छ ।२२ दिन जेल बसेर २२ हजार धरौटी तिरेपछि मुकुन्दे रत्नपार्कबाट विस्थापित भएर अहिले सामाजिक सञ्जाल फेसबुकमा आएका छन् । विंसं २०३५ सालमा भोजपुरमा जन्मेका मुकुन्द घिमिरेले

 

 

 

इन्जिनियरिङमा डिप्लोमा सम्मको अध्ययन पुरा गरेका छन् ।विआइसिसिको सरकारी जागिर छाडेर उनी एकाएक रत्नपार्कमा भाषण गर्न पुगे । ३५ वटा वसन्त काटिसक्दा पनि विवाह नगरेको मुकुन्द राजधानीको घट्टेकुलोमा बसोबास गर्दछन् ।

 

 

 

कतिले मुकुन्दलाई पागलको संज्ञा दिएतापनि उनमा भएको ज्ञान प्रशंसा भने सबैले गर्ने गर्दछन् , के राजनीति, के धर्म के दर्शन के साहित्य के इतिहास सबैमा उनको दख्खल प्रशंसनिय रहेको छ ।।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय