
काठमाडौं:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईबीच उपराष्ट्रपति
नन्दबहादुर पुनको निवास लैनचौरमा ब्रेकफास्ट मिटिङ भएको छ । जनता समाजवादी पार्टी हाइज्याकका विषयमा दुई नेताबीच छलफल भएको हो ।
हिजो बिहान उपराष्ट्रपतिज्युको निवासमा प्रचण्ड(बाबुरामबीच भेट भएको थियो,ु स्रोतले भन्यो, ‘जसपा विभाजन हुन लागेको विषयमा ती दुई नेताबीच छलफल भएको हो ।
भेटमा प्रचण्डले जसपा फुटाएर नेकपा एमालेसँग गठबन्धन गर्न लागेको हो भनेर बाबुरामलाई प्रश्न गरेका थिए ।
बाबुरामले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन दिने र कांग्रेससहितको गठबन्धनमा नै आफूहरू बस्ने प्रचण्डलाई आश्वस्त पारेका थिए ।
‘हामी बहुमत जुटाएर जसपा दाबी गर्न लागेको हो, सरकारलाई दिएको समर्थन कायमैं राख्छौं,’ भट्टराईले प्रचण्डलाई भनेका थिए ।
जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगले आफूखुशी गर्दै आएको भट्टराईले प्रचण्डसमक्ष गुनासो व्यक्त गरेका थिए ।
‘तपाईंले पनि जहिल्यै उपेन्द्रलाई नै बोक्नुहुन्छ, प्रधानमन्त्री देउवाले पनि उपेन्द्रलाई नै साथ दिने गर्नुभएको छ,’ प्रचण्डलाई बाबुरामले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो ।
त्यसपछि प्रचण्डले पार्टी फुट्ने अवस्था नै आएको हो भने झगडा गरेर भन्दा पनि मिलेर विभाजन गर्न सुझाव दिएको स्रोतले जनाएको छ ।
‘पार्टीमा तपाईंको बहुमत छँदैछ, जसपा तपाईंले दाबी गर्नुस्, उता उपेन्द्रजीलाई पनि छुट्टै पार्टी विभाजन गरेर जान दिनका लागि राजनीतिक
दलसम्बन्धी ऐनको प्रतिस्थापन विधेयक संसदमा ल्याउन प्रधानमन्त्री देउवालाई म पनि गठबन्धनको बैठकमा आग्रह गर्छु’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
शनिवार भएको सहमति अनुसार आइतवार बसेको गठबन्धन बैठकमा प्रचण्डले प्रधानमन्त्री देउवालाई
प्रतिस्थापन विधेयक ल्याएर जसपा विभाजनको बाटो खोलिदिन आग्रहसमेत गरिसकेको बताइएको छ ।