बिहिबार , चैत्र ९, २०७९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले प्रकाश दाहालको नाममा कुनै पनि विदेशी बैंकमा खाता नरहेको जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

सचिवालयले मङ्गलबार विज्ञप्ति जारी गरी प्रचण्डपुत्र प्रकाशको नाममा कुनै पनि विदेशी बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको छ। अध्यक्ष दाहालको दुबई भ्रमणको विषयलाई लिएर गलत प्रचार भइरहेकोप्रति सचिवालयले आपत्ति जनाएको छ।

‘अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको विषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरू उहाँको बदनाम गर्न उद्दत छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘दिवङ्‍गत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रूपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने कुप्रचारको घोर भत्र्सना र खण्डन गर्दछ।’

सचिवलायले परिवर्तनकाविरुद्ध प्रतिगामी तत्त्वहरुबाट योजनाबद्ध ढङ्गले प्रहार गर्ने दुश्प्रयास भइरहेको दाबी गरेको छ। ‘यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरूको षड्यन्त्रपूर्ण भ्रामक प्रचारमात्र हो,’ विज्ञप्तिमा छ, ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौं।’

सचिवालयले अध्यक्ष प्रचण्डविरुद्ध षड्यन्त्रपूर्ण र झुटा प्रचार गर्नेलाई आवश्यक कारबाहीका लागि सरकारसँग माग गरेको छ।

Source : Nepalnews.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय