शनिबार , बैसाख ८, २०८१

काठमाडौं:

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संस्कृति,

पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

पाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द बोलेको अडियो बाहिर

आएपछि अध्यक्ष नेपालले आफूले मन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएको बताए ।

एक सञ्चारमाध्यमसँग कुरा गर्दै अध्यक्ष नेपालले भने–‘मन्त्रीको यस्तो अडियो

बाहिर आएपछि मैले उहाँलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छु, यो शोभनीय कुरा भएन ।’ मन्त्री आले पटक पटक विवादमा मुछिएका छन् ।

यसअघि पनि उनले भारतमा बस्ने एक नेपालीलाई फेसबुक मेसेन्जरमार्फत गालीगलौज गरेको अडियो बाहिर आएको थियो ।

मन्त्री प्रेम आलेले निगमका अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेको समाचार आज अन्नपूर्ण पोष्टले लेखेको छ ।

एकीकृत समाजवादीले यसअघि नै पर्यटनमन्त्री आलेसहितका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

सेना कुनै पनि गठबन्धनमा संलग्न हुनुहुँदैन : अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप

प्रोग्राम (एसपीपी)को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् ।शुक्रबार बिहान बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको

बैठकमा तथा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एसपीपी सम्झौतामा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर गरेको बारे सेनाले प्रष्ट पार्नुपर्ने बताए ।

उनले कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीले सम्झौता अगाडि बढाइएको हो ? जनतालाई गुमराहमा राख्न नहुने र सबै प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।

नेपाली सेना कुनै सैनिक गठबन्धनमा संलग्नन हुन नहुने धारणा राख्दै अध्यक्ष नेपालले कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ ।

यहिअबस्थामा चुनाव भए माओवादी ६० र समाजवादीले ५१ सिट जित्ने, एमालेको अबस्था यस्तो…

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीले पाएको मतलाई आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ?

एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए ।

सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए ।

१६५ निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ । यो प्रत्यक्षतर्फ निर्वाचित संख्याको दुई तिहाई हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय