शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं:

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

पाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द बोलेको अडियो बाहिर

आएपछि अध्यक्ष नेपालले आफूले मन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएको बताए ।

एक सञ्चारमाध्यमसँग कुरा गर्दै अध्यक्ष नेपालले भने–‘मन्त्रीको यस्तो अडियो बाहिर

आएपछि मैले उहाँलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छु, यो शोभनीय कुरा भएन ।’ मन्त्री आले पटक पटक विवादमा मुछिएका छन् ।

यसअघि पनि उनले भारतमा बस्ने एक नेपालीलाई फेसबुक मेसेन्जरमार्फत गालीगलौज गरेको अडियो बाहिर आएको थियो ।

मन्त्री प्रेम आलेले निगमका अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेको समाचार आज अन्नपूर्ण पोष्टले लेखेको छ ।

एकीकृत समाजवादीले यसअघि नै पर्यटनमन्त्री आलेसहितका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

सेना कुनै पनि गठबन्धनमा संलग्न हुनुहुँदैन : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् ।

शुक्रबार बिहान बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा तथा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले

एसपीपी सम्झौतामा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर गरेको बारे सेनाले प्रष्ट पार्नुपर्ने बताए ।

उनले कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीले सम्झौता अगाडि बढाइएको हो ? जनतालाई गुमराहमा राख्न नहुने र सबै प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।

नेपाली सेना कुनै सैनिक गठबन्धनमा संलग्नन हुन नहुने धारणा राख्दै अध्यक्ष नेपालले कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय