बिहिबार , बैसाख ६, २०८१

काठमाडौं:

पुर्ब प्रधानमन्त्रि तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रोक्न तयारि थालेका छन् ।

प्रधानमन्त्री देउवा यही असार दोस्रो साता अमेरिका जाने तयारीमा जुटेको बेला सत्तारुढ दल माओवादी केन्द्रले भने प्रधानमन्त्रीको अमेरिका भ्रमण रोक्नेगरि तयारी थालेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई अमेरिकाको भ्रमण रोक्न आग्रह गर्ने तयारी भएको सुझाव दिए ।

यदि आफूहरुको आग्रह प्रधानमन्त्री देउवाले बेवास्ता गरे सरकारबाट बाहिरिनेसम्मको तयारी रहेको गुरुङको चेतावनी छ ।

अहिले प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्नु उपयुक्त नहुने माओवादीको निश्कर्ष छ । संसद्बाट अमेरिकी सहयोग परियोजना

एमसीसी पास भएपछि नेपालमा अमेरिकी अधिकारीहरुको उच्चस्तरीय भ्रमण भैरहेका छन् ।

यही अवस्थामा प्रधानमन्त्री देउवा पनि अमेरिका जाने तयारीमा छन् । उनको भ्रमणको तयारीमा दुवै देशले आवश्यक गृहकार्य थालिसकेका छन् ।

तर, नेपालमा भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले मात्रै नभएर सत्तारुढ दलले नै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रश्न उठाउन थालेका छन्

प्रधानमन्त्री देउवाको भ्रमणको तयारी परराष्ट्र मन्त्रालय र अमेरिकी ‘डिपार्टमेन्ट अफ स्टेट’ ले नभएर रक्षा मन्त्रालयको तहमा अर्थात् अमेरिकी डिपार्टमेन्ट

अफ डिफेन्स र नेपालको पनि रक्षा मन्त्रालयबाट भैरहेको भनेर एमाले सांसद प्रदिप ज्ञवालीले आवाज उठाएका थिए ।

ज्ञवालीले यसबारेमा सरकारले जवाफ दिनुपर्ने मागसमेत गरेका थिए । अमेरिकी सेनाका प्रशान्त क्षेत्रका प्रमुख चाल्र्स ए. फ्लिन

नेपालको भ्रमण गरेका थिए भने प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाँदैछन् ।

काँग्रेशका सभापति तथा प्रधानजमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनैपनि सम्झौता नगर्ने बताएका छन् ।

अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोगाम एसपीपी बारे आलोचना बढेपछि

प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग अमेरिकासँग त्यसप्रकारको कुनै सम्झौता नगर्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका

अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा भएको छलफलका क्रममा देउवाले एसपीपी सम्झौताबारे सार्वजनिक भएका तथ्यहरूमा सत्यता नभएको बताए ।

‘मुलुकको हितमा नहुने सम्झौता म गर्दै गर्दिनँ । एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा हो । सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन ।

कसैले गर् भन्छ भनेपनि गर्दिनँ’, देउवालाई उद्धृत गर्दै नेकपा एसका अध्यक्ष नेपालले भने ।

प्रचण्ड र नेपालसँगको भेटमा प्रधानमन्त्री देउवाले २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित विवाद झिकिएको बताएका थिए ।

प्रधानमन्त्री देउवाले अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दवाव नदिएको पनि प्रष्ट्याएका थिए ।

प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेको र यथास्थितिमा सम्झौता नगर्नु उपयुक्त हुने सुझाव दिएका थिए ।

देउवाले एसपीपी सम्झौता गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको भन्दै आश्वस्त पारेका थिए ।

‘हाम्रो परराष्ट्र नीतिमा कुनै विचलन हुन दिइने छैनौं । कसैको पक्षमा ढल्कने कुरा हुँदैन ।

हामी असलंग्न परराष्ट्रनीति छाड्दैनौ भनेर प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै नेपालले पत्रकारहरूसँग भने ।

compaqnews.com बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय